पृथ्वीराजमार्ग खण्डमा २ हजार रूख कटान

रासस
माघ २९, २०७८

तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् ।

पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्‍याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिनुभयो । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उहाँले भन्नुभयो, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो ।” पृथ्वीराजमार्गअन्तर्गत कास्कीमा पर्ने सडकको दायाँबायाँका पूरै रूख कटान गर्न बाँकी रहेको जनाइएको छ ।

वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उहाँले जानकारी दिनुभयो । जिल्लाको खैरेनीटारदेखि पोखराको सेतीनदीसम्म (ठूला बजार) क्षेत्रमा ४६ मिटर, सडक फिलिङ गर्नुपर्ने क्षेत्रमा २३ मिटर र फराकिलो बनाउन कटिङ गर्न नमिल्ने क्षेत्रमा १८ मिटर सडक कायम गरिएको छ । जामुनेबाट कुम्लेखोला पुलसम्म करिब दश किलोमिटर सडकको डिजाइन गरी ठेकेदारले सुपरभिजन कन्सल्टेन्सलाई बुझाइएको कन्सल्टेन्सका रेजिडेन्ट इन्जिनियर कमल शाक्यले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width