निबन्ध प्रतियोगितामा शीतलादेवीकी करिना प्रथम

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
pokhara pragya

पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीका अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित पोखरा महानगरपालिकाका विद्यालयबीचमा बीचमा भएको निबन्ध प्रतियोगितामा शीतलादेवी सामुदायिक माविकी करिना पौडेल प्रथम भएकी छन् ।

सिर्जना माविकी विजया पौडेलले द्वितीय, न्यु मोडेल माविकी तुलसी खत्रीले तृतीय, बेसलाइन ऐकेडेमीकी आस्था खत्री र बालमन्दिर माविका सतीश रेग्मीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा पोखरा महानगरपालिकाका ३५ विद्यालयका ६६ विद्यार्थीले भाग लिएका थिए । पुरस्कृत विधार्थीहरुलाई पोखरा प्रज्ञा प्रतिष्ठानको अर्को एक विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

प्रथम हुनेले २० हजार, द्वित्तीय, तृतीय र सान्त्वना हुनेले क्रमश १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपालको प्राकृतिक सौन्दर्य, महाकवि देवकोटाको साहित्यिक योगदान तथा हाम्रा चाडपर्वहरु र संस्कृति विषयमा विधार्थीहरुले कार्यक्रमस्थलमा नै निबन्ध लेखेका थिए ।

उक्त अवसरमा नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानका विषयमा परिचर्चा समेत गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. कृष्णराज अधिकारीले महाकवि देवकोटाका कविताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि डा. लक्ष्मीशरण अधिकारीले टिप्पणि गरेका थिए भने प्राडा रविलाल अधिकारीले महाकवि देवकोटाको समग्र साहित्यिक योगदान बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका कुलपति पद्मराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य प्रकाश ज्ञवलीले र प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरुले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width