कांग्रेस म्याग्दीको पदस्थापन

साधन राम्जाली
मंसिर ५, २०७८
congress myagdi

????????????????????????????????????

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका नवनिर्वाचित सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ ले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा विगतका कमीकमजोरी सुधार्दै जाने र प्रदेश एवं संघीय चुनावमा समेत पार्टीलाई जिल्लामै पहिलो दल बनाउने आफ्नो प्रमुख कार्यभार भएको सुनाए ।
शनिबार पद तथा गोपनीयताको सपथ लिंदै उनले सहमति नभएका पदमा मतदानबाट चुनिए पनि आन्तरिक एकतामा कुनै असर नगरेको र निर्वाचितलाई क्षमताअनुसारको जिम्मेवारीमा लाग्न सुझावसमेत दिए ।
उनले चुनावलक्षित गरी चोक, चियापसलमा पार्टीभित्रका गतिविधिबारे नेताकार्यकर्ताको अनावश्यक बहस एवं गतिविधिले पार्टीको अभियानमा धक्का लाग्ने बताए । ‘सुझाव र आलोचनाको सबै स्वागत गरिन्छ । जिम्मेवार नेताले आफ्नो हैसियतलाई बुझ्नुहोला,’ सभापति गर्बुजाले भने । कार्यसमितिका पदाधिकारी तथा सदस्य अनिवार्य बैठकमा सहभागी हुने, जिल्ला, प्रदेश समितिले नियमित गतिविधिको जिल्लामा लिखित उपलब्ध गराउने र भौगोलिक विकटता कारण पार्टी कार्यालयमा हुने बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पालिकास्तरमै बैठकको आयोजना गरिने बताए ।
रघुगंगा–४, दग्नाम निवासी उनी दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । अन्य पदमा मतदान भएको थियो ।
जिल्ला उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिवमा हिराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र ध्रुवराज कार्की निर्वाचित भएका छन् । सदस्यमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लीलाबहादुर बानियाँ, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानियाँ बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेवी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेवी पुर्जा, ललिता तिलिजा, पूर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन चयन भए ।

यस्तै, निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीका अनुसार महाधिवेशन प्रतिनिधिमा चिरञ्जीवी शर्मा, जीवनकुमार मल्ल, धनबहादुर छन्त्याल, विक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, रेशमबहादुर बानियाँ, विपीन खड्का, शिव केसी, श्रीप्रसाद रोका चयन भए । साथै चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, विमला गौचन, खीमकुमारी पुर्जा, देवीकुमारी बुढा, धनकुमारी थापा, दीपेन्द्र श्रेष्ठ, बमबहादुर पुन, भीमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री महाधिवेशन प्रतिनिधि चुनिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width