पोखरा । पोखरा रंगशालामा जारी वाईवाई यु–१९, गण्डकी प्रदेश क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले कास्कीलाई मात्र १ विकेटले पराजित गरेको हो ।
नवलपुरले टस जितेर कास्कीलाई व्याटिङको निम्तो दिएपछि कास्कीले ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३६ रन बनायो । कास्कीको तर्फबाट सिविन श्रेष्ठले ३४, सुवास भण्डारीले २७ तथा आयुष सैंजुले २५ रन जोडे । कास्कीलाई सस्तैमा समेट्न नवलपुरका बलहरु सुदीप अर्यालले ३ तथा निश्चल भुषाल, कमल परियार र स्वीकार श्रेष्ठले समान २/२ विकेट लिए ।
प्रत्युत्तरमा १ सय ३७ रनको लक्ष्य पछ्याएको नवलपुलाई जीतका लागि अन्तिम बलसम्म कुर्न पर्यो । म्यान अफ द म्याच दीपकप्रसाद डुम्रेले अभिजित ४६ रन जोड्दै टिमलाई जितको बाटो देखाएका हुन् । त्यस्तै भुपेन पुनले २१ रन जोडे । कास्कीका बलर सुवास भण्डारीले ३ विकेट लिंदा किरण पौडेल, नितेस गिरी, अभिषेक थापा र प्रमोद बास्तोलाले समान १ विकेट बाँडे । नवलपुरका दीपक म्यान अफ द म्याच भए ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले उनलाई म्यान अफ द म्याच ट्रफी प्रदान गरेका थिए । बुधबार स्याङ्जा र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजक क्षेत्रीय क्रिकेट संघ गण्डकी प्रदेशले जनायो ।
Related News
सम्बन्धित समाचार
प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’
भारतले जित्यो टी–ट्वान्टी विश्वकप
स्याङ्जालाई क्रिकेट उपाधि
गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो
क्रिकेटमा कास्की र स्याङ्जा उपाधिका लागि भिड्ने
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१