भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु

रासस
कार्तिक २३, २०७८
rain photo

चेन्नाइ । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो
प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

तामिल नाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा परेको मौसम विभागले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताहरुले उद्धारको कार्य गरेको पनि मन्त्री रामचन्द्रनले जानकारी दिनुभयो । मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकोबीचमा पनि तामिल नाडुमा अर्को ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते   

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०७९
    लस एन्जलस । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य…
  • बाढीबाट ६०० भन्दा बढीको मृत्यु

    रासस असाेज ३१, २०७९
    अबुजा । अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत…
  • अफगानिस्तानमा चरम भोकमरी

    रासस वैशाख २३, २०७९
    काबुल । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट…
  • ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे

    रासस चैत्र १६, २०७८
    जेनेभा । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर…
  • मदिरा सेवन गरेका १७ जनाको मृत्यु

    रासस चैत्र ६, २०७८
    नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन…

hero news full width