बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

रासस
कार्तिक २२, २०७८
Rajendra Pandey

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नहुने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सिमलताल पहिरो: बेपत्तामध्ये नवलपुरमा भेटियो ९ यात्रुको शव

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    नवलपुर । भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता २ यात्रु बसका ९ जनाको शव नवलपुरमा भेटिएको छ ।…
  • चितवन महानगरद्वारा अनुदानमा कृषि उपकरण

    आदर्श समाज सम्वाददाता असार २५, २०८१
    चितवन, २५ असार । भरतपुर महानगरपालिकाले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को…
  • धादिङ समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । धादिङ–पोखरा सम्पर्क समाजद्वारा आयोजित २१औं खुला रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन भएको छ । समाजले…
  • टेबलटेनिसमा बाग्मतीको क्लीन स्वीप

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । पोखरामा भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ । ५ स्पर्धा समावेश टेबलटेनिसमा…
  • ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन भएको छ । बागमती कुल दुई स्वर्ण र तीन…

hero news full width