ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
Badminton

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा बागमती टिम च्याम्पियन भएको छ । बागमती कुल दुई स्वर्ण र तीन कास्य पदक सहित टिम च्याम्पियन भएको हो । दुई स्वर्ण सहित लुम्बिनी दोस्रो र एक स्वर्ण चार रजत र दुई कास्य सहित घरेलु टोली गण्डकी तेस्रो भयो ।

छात्रा डबल्सतर्फ बागमतीका तिसा रानी शाक्य र रिहाना शेरचनको जोडीले गण्डकीका दिलासा राना मगर र समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ अंकले पराजित गरे । कोशीका मिग्मा तमाङ र निद्रा तमाङ सगै निताशा रोका मगर र निभा राईको जोडीले तेस्रो स्थान हात पारे ।

छात्र डबल्सतर्फ लुम्बिनीका सुदेश राजकोटी र सुविन श्रेष्ठको जोडीले गण्डकीका सफल भुजेल र गेजराज कार्कीको जोडीलाई १९–२१, २१–१६ र २१–१३ ले पराजित गरे । कोशीका प्रतिक विष्ट र प्रशन्न जिसी सगै सुदुरपश्चिमका आदित्य चौधरी र चौधरीको जोडी तेस्रो भए ।

मिक्स डबल्सतर्फ गण्डकीका सफल भुजेल र दिलासा रानाको जोडीले केशीका सदिप राई र निभा राईको जोडीलाई २१–१५ र २१–१२ अंकले पराजित गरे । बागमतीका सत्यम कार्की र रिहाना शेरचन सगै रिजन मगर र तिसारानी शाक्यको जोडी तेसो भए ।

छात्र एकलतर्फ लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–१९ अंकले पराजित गदै प्रथम भए । बागमतीका रिजन मगर र कोशीका सुदिप राई तेस्रो भए ।

छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचनले कोशीकी निभा राईलाई २१–१० र २१–१९ अंकले पराजित गदै प्रथम भए । गण्डकीकी समृद्धी श्रेष्ठ र दिलाशा राना तेस्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग