सरकार परिवर्तन भएको अनुति मिडियाले गर्न पाएन : विपुल पोखरेल

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
FNJ Photo

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए ।
उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भए तापनि कार्यान्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर अहिलेको सरकारले ल्याउन खोजेमा महासंघको आपत्ति जनाएको छ । अघिल्लो सरकारको पालामा ल्याउन खोजिएको विधेयक हुबहु त्यही ल्याउँदा सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको उनको गुनासो थियो ।
पोखरेलले लोकतान्त्रिक मूल्यमान्यता विपरीत आएको मिडिया विधेयक पत्रकारका लागि मान्य नहुने बताए । प्रेस स्वतन्त्रताको विश्वव्यापी अभ्यासमा आधारित मिडिया विधेयक आउनुपर्ने धारणा उनको छ । मिडिया विधेयकलाई प्रेसमैत्री बनाउन मन्त्री विन्दुकुमार थापा र विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने सकारात्मक देखिएका छन् ।
नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र प्रदीप काफ्ले, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका अध्यक्ष विमला भण्डारी, न्यूनतम पारिश्रमिक समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली लगायत सहभागी टोलीले मन्त्रीलाई भेटेका हुन् । भेटकै समयमा पत्रकार महासंघको भवन निर्माणको विषयमा समेत सहजीकरण गर्न आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width