गण्डकी प्रदेशमा ३ हजार मेट्रिक टन धान क्षति

रासस
कार्तिक ९, २०७८
SAMSUNG DVC PICTURES

वालिङ । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो ।

कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला÷जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरु र पालिकाहरुबाट सङ्कलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याई सकिएको छ । झरी वर्षा र हावाहुरीका कारण ८४३ हेक्टर क्षेत्रफलमा पूर्ण नोक्सानी भएको छ भने सात हजार ११२ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमा अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुग्दा अनुमानित रु सतासी लाख ५५ हजार ३९८ मूल्य बराबरको क्षति भएको अनुमान रहेको उहाँले बताउनुभयो ।

जिल्लाजिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पालिकाहरुसँग तथ्याङ्क सङ्कलन कार्य जारी रहेकाले केही दिनमा वास्तविक क्षतिको विवरण आउने कृषि विकास निर्देशनालय पोखराले जनाएको छ ।

बेमौसमी अविरल वर्षाका कारण पर्वतमा सबैभन्दा धेरै धानबालीमा क्षति पुगेको छ । पर्वतमा ४९०, तनहुँमा ३४८ र कास्कीमा ३४३ हेक्टरमा क्षति पुगेको छ । अन्य जिल्लाहरुमा आंशिक क्षति पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width