स्याङ्जामा प्रहरी दिवस

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
Police day syangja

स्याङ्जा । स्याङ्जा प्रहरीले ६६ औं प्रहरी दिवस मनाएको छ । नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ । दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरे ।
प्रजिअ दीपकराज नेपालले स्याङ्जा प्रहरीले पुर्‍याएको सेवाप्रति आफू सन्तुष्ट रहेको बताए । कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृण्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, अधिवक्ता तुलसी गिरीलगायतले जिल्लाको शान्ति सुव्यवस्था र कोरोना नियन्त्रणमा प्रहरीका सकारात्मक कार्यको चर्चा गरेका थिए ।
दिवसका अवसरमा कोरोना नियन्त्रणका बेला सहयोग पुरयाएको भन्दै जलाल मिया, समाजसेवी अधिवक्ता तुलसी गिरी, पत्रकार महासंघ स्याङ्जालाई प्रशंसापत्रले सम्मान गरिएको छ ।
पुतलीबजार नगरपालिका ३ निवासी जलाल मियाले कोरोना संक्रमणको तीव्र प्रभाव रहेका बेला उनले व्यक्तिगत १८ वटा अक्सिजन सिलिन्डर प्रहरीलाई सहयोग गरेका थिए । प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक कुमार शर्मा र प्रहरी जवान भीमलाल अर्याललाई उत्कृष्ट प्रहरी सम्मान गरिएको छ ।
स्याङ्जा जिल्ला घर भई कामको सिलसिलामा विभिन्न समयमा वीरगति प्राप्त १६ जना प्रहरीका परिवारलाई पनि कदरपत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वागत एवं प्रहरी निरीक्षक पदमराज थापाले सञ्चालन गरेका थिए ।
प्रहरी दिवसका सन्दर्भ पारेर ४ दिनअघि पुतलीबजार नगरपालिका ५ मा वृक्षरोपण गरिएको थियो । कार्यालयले सम्पादन गरेका कामकारबाहीका बारेमा बनाइएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width