‘सीमा नाकाको आवागमन सहज बनाऊ’

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
police m

नवलपुर । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यले सीमा नाकाको आवागमन सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण कारण डेढ वर्षदेखि बन्द सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उनले निर्देशन दिएका हुन् ।
६६ औं प्रहरी दिवस अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलबार आयोजना गरेको ‘अमर प्रहरी स्मारक’ उद्घाटन कार्यक्रममा बोल्दै डिआइजी आचार्यले चेकजाँचका नाउँमा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए ।
चाडपर्व नजिकएकाले भारतबाट नेपाल आउने नागरिकको चाप बढ्ने भएकाले स्वास्थ्य मापदण्डलाई ध्यान दिंदै शान्तिसुरक्षाको प्रत्याभूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन उनले निर्देशन दिए । नागरिकले प्रहरीसँग धेरै अपेक्षा राखेको जनाउँदै उनले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औलाए ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले तस्करी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराखेको जनाउँदै सरुवा भएर आएको ३ महिनाको अवधिमा साढे ३ करोड बराबरका अवैध सामान बरामद गरी भन्सार र राजस्व कार्यालय पठाएको जानकारी दिए ।
यसैबीच सीमा नाकाबाट हुने तस्करी कार्य नियन्त्रणमा उल्लेखनीय कार्य गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्धय महेन्द्र यादव र नरेश कुर्मीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width