विदेशको सीप स्वदेशमा लगाऔं : प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७८
prithvi man~

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विपन्न तथा असहाय वर्गको हितमा लाग्नु सबैभन्दा महत्वपूर्ण पुण्य हुने बताएका छन् । पोखरा २०, भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौं साधारण सभा तथा युके समाजद्वारा उपलब्ध राहत वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले विदेशमा सिकेको सीप र ज्ञान मुलुकको विकासमा लगाउनु पर्ने सुझाव दिए ।
वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले त्यस्ता सहयोगको पूर्ण रुपमा सदुपयोग हुनुपर्ने आवश्यकता समेत औंल्याए ।
जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारबारे जनतालाई सचेत गराउनु पर्नेमा जोड दिंदै प्राप्त अधिकार रक्षा गर्नुपर्ने उनको भनाइ छ ।
उनले समाजद्वारा प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपउब्ध १ लाख ५० हजार रुपैयाँ ९ जना बाढीपहिरो पीडितलाई वितरण गरे । समाजले डाँडागाउँ समाजको विकासका लागि २ लाख ८ हजार रुपैयाँसमेत सहयोग गरेको थियो । वडाध्यक्ष सिम गुरुङले सबैको साथ र सहयोगबाट वडाको विकासमा सहयोग पुगेको बताए ।
टोल विकास संस्था अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक तथा सामाजिक व्यक्तित्व दीपक गुरुङ, समाजका उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, सचिव तोरणबहादुर गुरुङ, कोषाध्यक्ष लुमबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width