पहिरोले एकजनाकाे मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७
dath-body

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले पाँच घर पुर्दा एक जनाको मृत्यु भएको छ ।

बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० वर्षका हरीकृष्ण पौडेलको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आइतवार पहिरो खसेर एक जनाको मृत्यु भएको पहिरो सोमवारसमेत बढेपछि तीन घर पुरेको छ । घरमा रहेका सबैलाई रातको समयमा अत्याधिक वर्षा भएपछि स्थानीयले राती नै अन्यत्र सारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width