मेलवोट सिदिङ सडक ढलान गुणस्तरहीन

श्रीभद्र पौडेल
भाद्र २९, २०७७
melbot

हेमजा  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट निर्माणाधीन पोखरा–२५, मेलवोटदेखि माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्मको सडक स्तरोन्नति कार्यमा भइरहेको ढलान गुणस्तरहीन भएको पाइएको छ।

सर्वसाधारणको गुनासो आएसँगै आइतवार जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षत्रीको नेतृत्वमा स्थलगत अनुगमन भयो । अनुगमनमा ढलान गुणस्तरहीन पाइएको प्रमुख क्षत्रीले जानकारी दिए ।

ढलानको सोलिङ कम्तीमा १० सेन्टिमिटर उचाईको हुनुपर्नेमा कतिपय स्थानमा सो भन्दा कम्ती पाइएको तथा सोलिङ ठाडो गरी गर्नुपर्नेमा ढुङ्गा सुताएर गरेको भेटिएको प्रमुख क्षत्रीको भनाइ छ । त्यस्तै अन्य केही सामान्य कमजोरी पनि देखिएको उनले बताए।

‘निर्माणको गुणस्तरबारे ध्यानाकर्षण गराएका छौं, अब सुधार होला भन्ने अपेक्षा गरौं, बाँकी आगामी दिनका कार्यले बताउँला,’ उनले भनेका छन्।

क्षत्रीको नेतृत्वमा भएको अनुगमनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख नवराज शर्मा, जिल्ला समन्वय समिति सदस्य गोमादेवी अधिकारी गौतम, पत्रकार महासंघ कास्की सचिव रामप्रसाद तिमिल्सेना, इ. दीपक तिमिल्सिना लगायतको टोली आइतवार त्यसतर्फ गएको थियो।

निर्माण कम्पनी हिमडु· थोकर एण्ड ड्रागन जेभीका इ. महेन्द्र आचार्यले कतिपय गल्ती कमजोरी भएको स्वीकार गर्दै अब आयन्दा त्यस्तो नहुने प्रतिबद्घता जनाए ।

उक्त सडक माछापुच्छ«े गाउँपालिकाको लाइफलाइन मानिन्छ । जसअन्र्तगत १६ किलोमिटर बाटो स्तरोन्नति गरिँदैछ । जसमध्ये १० किमी कालोपत्रे र ठाउँ–ठाँउमा गरी करिब ९ सय मिटर ढलान गर्ने योजना छ।

आगामी चैतवैशाखभित्रै सम्पूर्ण निर्माण सकिने निर्माण कम्पनीका इ. आचार्यले बताए । निर्मााण्मा हाल दैनिक ५० श्रमिक खटिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width