बीपीको सम्झनामा प्रवचन

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
IMG20200909092654

वालिङ । नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ औं जयन्ती दिवस वालिङमा मनाइएको छ ।

थोरैको संख्यामा नगरका वडा÷वडामा मात्रै सीमित भई कार्यक्रम गर्ने तय भएसँगै यता नेपाली काँग्रेस वालिङ ८ को आयोजनामा बी पी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेकास ज्येष्ठ नागरिक परिषद्का केन्द्रीय सदस्य एवं पूर्व जिल्ला कार्यवहाक सभापति मुक्तिप्रसाद सुबेदीले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताए ।

नेता सुवेदीले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले अहिले पनि बीपीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गरे ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताइन् ।

नेपाली काँग्रेस वालिङ ८ का सचिव गोपालप्रसाद सुवेदीको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम वडा सभापति कमलप्रसाद सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव तोलाकान्त बगालेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width