कर्मचारीमा कोरोना पुष्टिभएपछि मालपोत स्याङ्जाका सेवा स्थगित

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
Malpot office

मालपोत कार्यालय स्याङ्जाका एक कर्मचारीमा कोरोना पुष्टिभएसंगै कार्यालयबाट प्रवाह हुने सबै सेवा आइतवारदेखि स्थगित गरिएका छन् ।

एक सातादेखि उनी अस्पतालमा उपचाररत छन्। उपचारकै क्रममा उनलाई पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

उनलाई कोरोना संक्रमण भएपछि कार्यालयबाट हुने सेवाप्रवाह आइतवारदेखि अनिश्चितकालका लागि स्थगित गरिएको कार्यालयले सूचना प्रकाशित गर्दे जनाएको छ।

कार्यालयका प्रमुख प्रकाश पौडेलले सूचना जारी गर्दै ‘ आफना कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि कार्यालयमा कार्यरत अन्य कर्मचारीका कन्ट्रयाक ट्रेसिङ् गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराईने सेवाप्रवाह स्थगित गरेको’ जनाए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width