क्यान्सर पीडित कार्कीलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७७
20200808_123247

?

पर्वत जिल्ला फलेवास साविक भगँरा-७ बासस्वाँरा कार्कीथर घर भई चितवन भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रिया पश्चात उपचारकै क्रममा रहनु भएका क्यान्सर पीडित नरबहादुर कार्कीलाई शनिवार सहयोग हस्तान्तरण गरिएको छ।

भँगराबासीलाई साथ, सहयोग, सुचना आदान प्रदान, सेवा र भँगराको विकासमा सामाजिक सञ्जाल मार्फत सघाउन सकिन्छ कि भनि केही समय अघिदेखि सेवारत विकास मञ्च पर्वत भँगरा, मञ्चकै अनुरोधमा कार्की कुलमन्दिर सयमुरे पर्वत र बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहदा आफ्नो भँगराको सुख दुःख एवम विकासमा टेवा पुर्याउन गठित भँगरा सम्पर्क समिति दक्षिण कोरियाले कार्कीलाई स्वास्थ्यलाभको कामनासहित सहयोग हस्तान्तरण गरेको हो।

क्यान्सर पीडित कार्कीको उपचारमा सघाउन अभियान संचालन गर्नुभएका विकास मञ्च पर्वत भँगराका सञ्चालक सामाजिक अभियन्ता नबिन क्षेत्री, अभियानकी अर्थ संयोजक अनिता कार्की, कार्की कुलमन्दिर सयमुरे पर्वतका प्रतिनीधि युवा व्यवसायी एवम समाजसेवी रुद्र कार्की र भँगरा सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक हुमबहादुर गुरुङले पोखराबाट उपचाररत कार्कीसँग भेटघाट,  स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width