संक्रमण जोखिमले वडा कार्यालय बन्द

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७७

दमौली । वडाले निर्माण गरेको क्वारेन्टाइन बसेका व्यास–९ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै वडा कार्यालय बन्द गरिएको छ ।

वडाध्यक्ष सुरेश थापाले मंगलबार विज्ञप्ति जारी गरी कोरोना त्रासका कारण अनिश्चितकालका लागि वडा कार्यालय बन्द गरिएको जनाएका हुन् ।

थापाका अनुसार केहीअघि विदेशबाट फर्किएका युवकलाई क्वारेन्टाइनमा राखिएको थियो । ती व्यक्ति सहित अर्को व्यक्तिलाई पनि क्वारेन्टाइनमा सँगै राखिएको थियो ।

थापाले भने, “क्वारेन्टाइनमा रहेका एक जनाको पीसीआर रिपोर्ट नेगेटिभ छ भने अर्को व्यक्तिको पोजेटिभ छ । संक्रमितको सम्पर्कमा केही स्थानीयहरु आएको बुझिएको छ ।”

ती व्यक्तिको सम्पर्कमा आएका २८ जना स्थानीयसहित ४० जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको वडाध्यक्ष थापाले बताए ।

यसअघि कोरोना संक्रमित व्यक्ति समुदायमा आएको विषय सार्वजनिक भएसँगै व्यास १० कार्यालय पनि अनिश्चितकालका लागि बन्द गरिएको थियो ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाका उच्च तहका कर्मचारीलाई पनि कोरोनाको संक्रमण देखिएसगै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width