सीताको तीजगीतमा समानताको‌ आवाज

विष्णुप्रसाद सापकोटा
श्रावण १७, २०७७
Screen Shot 2020-08-01 at 4.01.05 PM

लामो समयदेखि अष्ट्रेलियामा रहेर अरूको समाचार लेखिरहने सीता यतिबेला गायिका बनेसँगै आफु नै समाचार बनेकी छन ।

पहिलो पटक गायिकाको रुपमा यस क्षेत्रमा पाइला टेकेकी सीताको यो गीत गायिकीपनले गायनमा पनि धेरै सम्भावना देखिएको छ । लामो समयदेखि पत्रकारिता र लेखन तथा विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोसेली सार्वजनिक भएको हो।

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सीता रसाईलीको तीजज गीत ‘वर्ष दिन बितेको’ बोलको गीत युटुभमार्फत् सार्वजनिक भएको छ।

गीत लेखन, संगीत, गायन, वाद्यवादन, संगीत संयोजन, भिडियो निर्देशन, अभिनय जस्ता धेरै क्षेत्रमा आफूलाई उत्तिकै अब्बल सर्जकको रूपमा उभ्याउदै आएका बहुप्रतिभाशाली सर्जक ूधुन सम्राटू बि।बि। अनुरागीले यस गीतमा शब्द रचना र संगीत गरेका छन् ।

सदियौं देखि सामाजिक कलङ्कको‌ रुपमा रहेको जातीय विभेदलाई गीतकार अनुरागीले इङिगत गर्दै अब भत्सना र विरोध मात्र होइन कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भनेर गीतमार्फत जोड् दिएका छन् ।
जातकै कारण कतिको ज्यानै समेत गैसक्यो
केही त गरौं अब त अति भैसक्यो
कति गर्नु भत्सर्ना कति विरोध गर्ने हो
कानुनलाई व्यवहारमा ल्याउनै पर्ने भो
यसरी वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मुल भाव हो ।

गीत प्रिज्म‌ डिजिटल काठमाडौंमा रेकर्ड गरिएको‌ हो भने श्यामस्वेत रसाईलीले मिक्सिङ‌र मास्टरिङ‌, नविन घर्तिमगरले सम्पादन गरेका छन् ।
गीतमा मोडेलहरु अन्जली अधिकारी, बन्धना नेपाल र उत्साह घिमीरे लगायतका कलाकारले अभिनय गरेका छन् भने गीतको म्युजिक भिडीयोलाई शंकर विसीले निर्देशन गरेका र निर्माण डा.मोम विश्वकर्माले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…
  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…

hero news full width