मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा जोड

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
ban progrem photo

हेमजा। मानव वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।बिहीवार सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको आयोजनामा भएको अन्र्तक्रियामा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।

प्रदेश अध्यक्ष कालिदास सुवेदीले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने औँल्याए ।सर्वोच्च अदालतले फैसला गरेपनि बाँदरबाट हुने गरेको क्षतिबारे हालसम्म सम्बोधन हुन नसकेकोतर्फ संकेत गर्दै उनले बाँदरबाट कतिपय किसान निरास हुँदै घरै छाड्नुपर्ने अवस्था आएको भनाइ राखे ।

उनले वैज्ञानिक वन व्यवस्थापन तुलनामा दिगो वन व्यवस्थापन उचित भएको तर्क समेत गरे । बाँदर नियन्त्रणका लागि समातेर राष्ट्रिय निकुञ्जमा छाड्ने वा सुकुटी बनाएर बिक्रीवितरणको व्यवस्था गर्नुपर्ने उनले जिकिर छ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वनसम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने जनाए ।उनले बाँदरबाट हुने गरेको क्षतिप्रति सरकार संवेदनशील बन्नुपर्ने पनि औँल्याए। सो कार्यक्रममा केन्द्रीय सदस्य सरिता कुमालले पनि भनाइ राखेकी थिइन् । पत्रकार तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिबीच छलफल भएको हो ।

उक्त भेलाले साउन २५ मा सामुदायिक वन दिवस लक्षित गरी सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।जसअनुसार विगतमा वृक्षरोपण गरेका बिरुवा मूल्याङ्कन गरी थप वृक्षरोपण गर्ने, कोरोना भाइरस संचेनता अभियान संचालन गर्ने तथा सामुदायिक वन अभियन्ताको सम्मान गर्ने लगायतका छन् ।

कार्यक्रमबीच वन्यजन्तुका कारण प्रदेशमा पछिल्लो २ वर्षभित्र भएको क्षतिबारे जानकारी दिइएको छ ।जसअनुसार कास्कीमा मानवीयतर्फ १ को मुत्यु, २ घाइते, स्याङजामा २ घाइते, बाग्लुङमा १ को मृत्यु, लमजुङ र नलवपुरमा समान २÷२ घाइते र पर्वतमा ५ घाइते भएको तथ्याङ्क छ ।

त्यस्तै पशुधनतर्फ कास्कीमा १० गाई, ७ भैँसी र ५० बाख्रा, स्याङ्जामा २७ गाई, २० भैँसी, ३ सय ६५ बाख्रा र २ बङ्गुर, गोरखामा १६ गाई, ४ भैँसी, २ सय ५७ बाख्रा र ३ भेँडा क्षति भएको छ ।

त्यसैगरी बागलुङमा १ गाई, २ भैँसी, ८ बाख्रा र १ बङ्गुर, मुस्ताङमा ४ गाई, ७४ भैँसी, ६८ याक, ८ भेँडा र ८५ बाख्रा, म्याग्दीमा १ गाई, ६ भेडा र ४८ बाख्रा, लमजुङमा १० बाख्रा, नवलपुरमा १ गोरु र २ जना गैँडाबाट घाइते तथा पर्वतमा गाई, गोरु, बाख्रा र भैँसी गरी कुल ७७ जनामा क्षति पुगेको बताइएको छ ।

पछिल्लो २ वर्षमा वन्यजन्तुबाट तनहुँमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । जसअनुसार ९ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

त्यस्तै, ८६ पशुघन पनि मरेका छन् । तनहुँबाटै ८ नरभंक्षी चितुवाको चितवन राष्ट्रिय निकुञ्ज लयायत विभिन्न स्थानमा स्थानान्तरण पनि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width