निर्देशक डा पुनको बिदाइ

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७७
lumle progrem photo

हेमजा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा तुलबहादुर पुनको बिदाइ गरिएको छ ।

उमेर हदले अनिवार्य अवकाशप्राप्त डा पुनलाई निर्देशनालयले आइतवार एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

उनले ३८ वर्षसम्म सेवा गरे। कार्यक्रमबीच डा पुनलाई नेपाल कृषि अनुसन्धान परिषद्ले दोसल्ला र कदरपत्रले सम्मान पनि गरेको थियो ।

कार्यक्रममा वागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख युवराज भुषालले कृषि अनुसन्धानको क्षेत्रमा डा पुनको भूमिकाको चर्चा गर्दै उनी सरल र स्वभावको भएको बताए । भुषालले डा पुनले सुरुवात गरेका अनुसन्धान कार्यलाई पूर्णता दिन आग्रह पनि गरे।

निर्देशक डा पुनले कृषि अनुसन्धान क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको जनाउँदै अनुसन्धानलाई समस्यामुखी बनाउनुपर्ने तर्क गरे । उनले आफ्नो लुम्ले बसाइ महत्वपूर्ण बनेको सम्झे । भौगोलिक हिसाबले कास्कीको अन्नपूर्णवासीले निर्देशनालयबाट अधिकतम् फाइदा लिन पाउनुपर्ने उनको जोड थियो।

२०३९ सालमा जिल्ला कृषि विकास कार्यालय रुकुममा प्राविधिक पदबाट सेवा प्रवेश गरेका पुन पछिल्ला २ वर्षयता कृषि अनुसन्धान निर्देशनालय लुम्ले निर्देशक थिए । उनले आफ्नोे सेवा अवधिमा विभिन्न ४२ वटा अनुसन्धान कृति र १८ वटा थेसिस एवम् पुस्तकहरु प्रकाशन गरेका छन्।

साथै उनी नेपाल विद्याभूषण ‘क’, गोर्खा दक्षिण बाहु चौथो लगायत विभिन्न पदकबाट विभूषित भइसकेको छन् ।उनले सेवा अवधिमा विशेषगरी फलफूल, तरकारी र फूलमा अनुसन्धान गरी निकालेका प्रविधिहरुबाट समग्र कृषि क्षेत्रलाई योगदान पुगेको चर्चा गरिन्छ ।

निर्देशनालयका नि. निर्देशक डा काशीनाथ चिलुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन निर्देशनालयका कम्प्युटर अधिकृत खिमबहादुर क्षेत्रीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width