प्रदेश सरकारले ध्यान पर्यटन विकासमा – मन्त्री लम्साल

रासस
श्रावण १२, २०७७
Bikash Lamsal

पोखरा, १२ साउन । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर्ने बताएका छन् । महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उनले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए । ‘पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ’ उनले भने, ‘कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य कृृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए । उनले विकासमा राजनीति गर्नु गलत भएको धारणा राखे । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखे ।

वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा बाल उद्यान उद्यान समेत निर्माण भएको छ । महेन्द्र गुफा र चमेरे गुफा कोरोनाका कारण गतचैतको पहिलो सातादेखि बन्द रहेको छ । चार महिनामा रु एक करोड ७४ लाख आम्दानी गुमाएको गुफा सचिवालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width