पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख

रासस
श्रावण ११, २०७७
money-bhatta-paisa

तनहुँ, ११ साउन । पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले १ लाख सहयाेग गरेका छन् ।

गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले रु एक लाख सहयोग गरकेा हुन्।

उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे । जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए।

नेपाल चेपाङ सङ्घ तनहुँका अध्यक्षसमेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो । यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराए ।

शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई २५/२५ हजार प्रदान गरे ।

सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गरेका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आएक छन् । रासस

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width