बेँसीशहर–चामे सडक अझै खुलेन

रासस
श्रावण ११, २०७७

लमजुङ, ११ साउन । अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।

साउन ४ गते ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएकोमध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताए ।

यस स्थानका विभिन्न पहिरो हटाइसकेको र सो दुई स्थानका पहिरो एक/दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उनको भनाइ छ । ‘ठूलाठूला पहिरो गएकाले एक्साभेटरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।’ बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेको स्थानमा पनि पुनः पहिरा जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयहरु जोखिम मोलेर हिडडुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ बाट सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width