सिर्जनशील पाेखराकाे भर्चुअल परिचर्चा

एजेन्सी
श्रावण १०, २०७७

सिर्जनशील लाेकतान्त्रिक प्रतिष्ठान पाेखराकाे नियमित मासिक कार्यक्रम विश्वव्यापी महामारीका कारण भर्चुअल रूपमा सम्पन्न भएकाे छ ।

जुमका माध्यमबाट सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सहसचिव कृष्ण त्रिपाठीले `बालमैत्री वातावरणका विषयमा पाेखराका सामुदायिक विद्यालयका शिक्षकहरूको अनुभव कस्तो छ´ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

पाेखराका विभिन्न सामुदायिक विद्यालयमा १५ वर्ष अध्यापन गराएका शिक्षकलाई सूचकका रूपमा लिएकाे बताउँदै बालमैत्री वातावरणकाे धारणा नभएर पहिला सजायका विविध रूपकाे उपयाेग गरेकाे तथा भद्दा शब्दमा गाली गरेकाे शिक्षकहरूले बताए पनि पछिल्लो समयमा भने त्यस्ता गतिविधि कम हुँदै गएकाे निचोड अनुसन्धानबाट खुलेकाे उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि त्रि.वि. गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. वेदराज आचार्यले कार्यपत्रमाथि धारणा राख्दै एक्काइसौँ शताब्दीका लागि बालमैत्री अध्यापन अत्यन्तै महत्त्वपूर्ण भएकाे र यसलाई सम्बाेधन नगरीकन `सबैका लागि शिक्षा´ भन्ने नारा पूरा नहुने सन्दर्भमा कार्यपत्रले अनुसन्धान गर्नु तारिफयाेग्य काम भएकाे बताए ।
उनले अगाडि भने : `परिष्कार गर्नुपर्ने कुरा केही देखिए पनि गुणात्मक अनुसन्धान ढाँचाको यसमा राम्रो उपयोग भएकाे छ ।´
प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकाेटीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव डिल्लीराम पाैडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…

hero news full width