पोल ढलेपछि बन्दीपुर र भानुमा अन्धकार

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७७

तनहुँ, १० साउन । गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युतको पोल ढलेपछि यहाँका दुई पालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा गरी ७०० घरधुरी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । दुई पालिकामा पहिरोले करिब २१ वटा विद्युतका पोल ढालेपछि विद्युत अवरुद्ध हुँदा बन्दीपुर गाउँपालिकमा ५०० र भानुनगरपालिका–१ का २०० घरधुरी अन्धकारमा बस्नुपरेको हो । साजबोटे, कल्याणटार र नयाँबस्तीमा अस्थायीरुपमा विद्युत सञ्चालनको लागि गाह्रो भएको तनहुँ वितरण केन्द्र डुम्रे शाखाका इञ्चार्ज बेनी नेपालीले जानकारी दिए ।

हाइटेन्सन लाइनका नौ र साना १२ वटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो । उनले भने, ‘सात जनाको प्राविधिक टोली विद्युत मर्मत कार्यमा खटिएका छौँ ।’ विद्युत अवरुद्ध भएका अधिकांश स्थानमा अस्थायीरुपमा विद्युत सञ्चालन गरिएको छ । उनले भने, ‘बन्दीपुर–१ नाहालास्थित पृथ्वीराजमार्गमा पहिरो गएका कारणले सामग्री समयमा ढुवानीमा समस्या भएको छ ।’

बिहीबार साँझसम्म अवरुद्ध भएका केही क्षेत्रमा विद्युत पुनःसञ्चालन गरिए पनि अझै मर्मत गर्नुपर्ने काम बाँकी रहेकाले कर्मचारी खटिइरहेको उनले बताए । त्यसैगरी असार ३१ गते परेको अविरल वर्षाले जिल्लाको म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका ४०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए ।

म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका क्षेत्रका करिब ७५ वटाभन्दा बढी विद्युतका पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नुपरेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिए । उक्त क्षेत्रका अधिकांश स्थानमा मर्मतसम्भार पछि कतिपय स्थानमा हाललाई अस्थायीरुपमा विद्युत नियमित भइसकेको उनले बताए ।

पहिरोले म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको चौध र शाखा लाइनको १९ वटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको थियो । तनहुँका मुख्य मुख्य क्षेत्रमा केही समय अघि मात्रै छुट्टै फिडर लाइन जडान गरिएकाले दुई÷चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको छ । फिडर लाइनले दीर्घकालीन समयको लागि समाधान नगरेपनि करिब चार÷पाँच दिन धान्ने गरी छुट्टै फिडर जडान गरिएको विद्युत प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताए ।

जिल्लाको कुनै क्षेत्रमा पोल ढल्यो भने विद्युत अवरुद्ध भई त्यसको असर सबै क्षेत्रमा पर्न जाने हुँदा दमौलीलगायतका मुख्य क्षेत्रमा छुट्टै फिडर जडान गरिएको उनले बताए । बाढी पहिरोका कारण तनहुँको विद्युत क्षेत्रमा करिब रु डेढ करोड बराबरको क्षति भएको विद्युत प्राधिकरण कार्यालय तनहुँले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width