साडीमा दुर्गेश ! ‘बिच्च बिच्चमा–३ बेसार’ (भिडियो सहित)

विनिता सुनार
श्रावण ४, २०७७
Durgesh thapa

पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाको तीज गीत बेसार ‘बिच बिचमा–३’ सार्वजनिक भएको छ ।

गत बर्षको तीजमा ‘हामी पनि नाँच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीतले निकै चर्चा बटुलेपछि उनले यो वर्ष फरक शैलीमा तीजका गीतहरु ल्याएका छन् ।

उनले असारको दोस्रो हप्तामा मात्रै ‘बिच्च बिच्चमा –२’ सार्वजनिक गरेर निकै चर्चामा पाएका थिए । जसमा राजनितिक गतिविधि, कोरोना भाइरस र लकडाउनका कारण परेको समस्यालाई शब्दबाट व्यक्त गरिएको थियो ।

वसन्त थापाको शब्द तथा सङ्गीतमा निर्माण भएको ‘बेसार बिच्च बिच्चमा’ गीतमा दुर्गेश थापाको स्वर सुन्न सकिन्छ । जसलाई कृष्ण विकले ऐरेन्ज गरेका हुन् ।

तीजको भाकामा तयार पारिएको उक्त गीतमा नेपालको राजनितिक अवस्था, कोरोना भाइरस र रोकथाममा देखिएको सरकारको लापरबाहीलाई ब्यङ्ग्य गरिएको छ । त्यो सँगै सरकारले बेसार पानीको बारेमा गरेको अभिव्यक्तिलाई पनि व्यङ्ग्य गरिएको छ ।

यो सँगै उक्त म्युजिक भिडियोमा अभिनय गर्ने सबै कलाकारलाई साडिको पहिरनमा  नाचेको  देख्न सकिन्छ । जसकारणले गीत सार्वजनिक हुनु भन्दा पहिल्यै साडि लगाएको फोटो सामाजिक संञ्जालमा निकै भाइरल भएको थियो ।

इनाक्षी इन्टरटेन्मेन्टले प्रस्तुत गरेको म्युजिक भिडियोलाई काजिस श्रेष्ठले निर्देशन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियोमा दुर्गेश थापा, जिबि चिरन, चिरन्जिबी साप्कोटा, काजिस श्रेष्ठ, जीवन साहिनी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ, प्रेम खड्का रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width