विश्वकर्मा समाजघर उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
Building

पोखरा । पोखरा वडा ३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाजघर उद्घाटन गरिएको छ ।

संघीय संसद् तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले समाजघर उद्घाटन गर्दै जातीय अहंकारले सर्वनास निम्त्याउने बताएका छन् । उनले संविधानले जातीय विभेद नमान्ने भएकोले कसैले पनि संविधान विरोधी काम गर्न नहुने बताए ।

प्रदेश सांसद एवं गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनको लागि समाजिक चेतनास्तर पनि माथी उठाउनुपर्नेमा जोड दिए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नवनिर्मित भवन समाजको उन्नती प्रगतिका लागि उपयोग गर्न सुझाव दिँदै आइपर्ने हरेक कार्यमा गाउँपालिका सदैव सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले पछिल्लो समय दलित समुदायको मुद्दालाई अझै पेचिलो बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको बताए ।

पोखरा वडा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, समाजका सल्लाहकार ऋषि सुनार, समाजका पूर्वअध्यक्ष गिरबहादुर विश्वकर्मा, कार्यक्रम संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार, सदीक्षा सुनार लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष राजु सुनारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष लालबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने सञ्चालन सचिव कृष्ण सुनारले गरेका थिए । भवन ५८ लाख २० हजार लागतमा बनेको हो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width