गण्डकी विश्वविद्यालयलाई जग्गाः संघकै स्वामित्व, प्रदेशको प्रयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
Gandaki University

पोखरा । गण्डकी प्रदेश सरकारले यसै वर्षदेखि आफ्नै विश्वविद्यालय सञ्चालन गर्दैछ । गण्डकी विश्वविद्यालय स्थापना गरेर पढाइ शुरु गर्ने सरकारको तयारी छ । त्यसैका लागि जग्गा खोजी गरिरहेको थियो । लामो प्रयासपछि बल्ल विश्वविद्यालय बनाउनका लागि जग्गाको भोगचलन अधिकार पाएको छ । आफ्नै नाममा जग्गाको स्वामित्व मागेपनि संघले स्वामित्व आफैसँग राखेर भोगचलनको अधिकार मात्र दिएको हो । पोखरा ३२, स्यालतहरामा रहेको ३ सय ५२ रोपनी र तनहूँको शुक्लागण्डकी ५ मा रहेको १ सय ७५ रोपनी जमिन प्रदेशलाई भोगचलनका लागि दिने निर्णय गरेको हो ।

जग्गा उपयोग गरेपनि परापूर्वकालदेखि चलन चल्तिमा रहेका मठ मन्दिर लगायत सार्वजनिक सम्पत्ति यताउति गर्न नपाउने बाध्यता छ । ‘परापूर्वकालदेखि चल्तिमा रहेका मठ, मन्दिर, बाटो, कुलो जस्ता स्थल पर्ने भएमा सोको सार्वजनिक उपयोगमा असर नपुर्‍याउने  गरी गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालनका लागि जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी गण्डकी प्रदेशलाई जग्गा उपलब्ध गराइएको छ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।

सरकारले शुक्लागण्डकीमा मेडिकल कलेज चलाउने तयारी गरेको छ भने स्यालतहरामा विश्वविद्यालयअन्तर्गतकै आईटी (प्रविधि) विषयको पढाइ गर्न लागिएको हो । अवस्था सामान्य भए यही मंसिर पहिलो सातादेखि पढाइ शुरु हुने कुलपति डा. गणेशमान गुरुङले बताए । ‘पाठ्यक्रम तयारीको काम चलिरहेको छ । असोजसम्म प्राध्यापक र अन्य आवश्यक नियुक्ति हुन्छ,’ उनले भने, ‘यो बीचमा स्यालतहरामा भौतिक संरचना निर्माण पनि हुन्छ । मंसिरदेखि धमाधम पढाइ थाल्छौं ।’ उनका अनुसार तत्कालका लागि प्रिफिवको संरचना बनाइने छ ।

सरकारले विश्वविद्यालय चलाउनकै लागि २४ करोड ३२ लाख बजेट छुट्याएको छ । सबैभन्दा धेरै विश्वविद्यालय र शिक्षण अस्पतालको भवन बनाउन १२ करोड विनियोजन भएको छ । चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक ल्याब सेट तयार गर्न ४ करोड विनियोजन भएको छ भने आइसिटी ल्याब सेटअप शीर्षकमा २ करोड छ । चिकित्सा विज्ञान विषयको पठनपाठनको लागि १ करोड, सूचना प्रविधिको अध्यापन शुरुवात ७५ लाख, जग्गा र भौतिक संरचनाको घेराबार गर्न १ करोड २० लाख, अनुसन्धान कार्यको लागि १ करोड, पाठ्यक्रम निर्माण १ करोड, शिक्षण अस्पताल पाठ्यक्रम तयारी ५० लाख, नियमावली तथा निर्देशिका १५ लाख छुट्याइएको छ । संरचनाको डीपीआर बनाउन पनि ६० लाख विनियोजन गरेको छ । गोष्ठी र सेमिनारका लागि १२ लाख बजेट छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width