उपकुलपति नियुक्ति ढिलाइले विद्यार्थीको भविष्य अन्यौलमा

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७७
pu

पोखरा, २ साउन । लामो समयदेखि उपकुलपति अन्यौलबीच पोखरा विश्वविद्यालय बिहीबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ। विश्वविद्यालयको २४ औं वार्षिकोत्सव अवसरमा कार्यालय परिसर लेखनाथमा सरसफाइ तथा दीपावली गरी मनाइयो।

कार्यक्रममा व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउँदै यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको जनाए ।

योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा ज्ञानेश्वर शर्माले २१ औं शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पीडा भएको उल्लेख गरे।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले समयसापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवम् पूर्वाधार विकास कार्यक्रम समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन प्रधानमन्त्रीले नियुक्ति प्रक्रिया टुङ्याउनु पर्नेमा जोड दिए ।

सहप्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै संस्थाको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय कर्मचारी संघ अध्यक्ष शिवराज पण्डितले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै होइन, तिनमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको भविष्य समेत अन्धकार भएको गुनासो गरे ।

सरकारले १० महिनादेखि उपकुलपति नियुक्ति नगरेर विश्वविद्यालयलाई अन्यौलग्रस्त बनाइदिएको छ। विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालनको तयारी कार्य लगायत सबै कार्यहरुमा उपकुलपति नहुँदा गम्भीर असर परेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । उनका अनुसार उपकुलपतिबिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेका हुन्।

पकुलपति मार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डीनहरूको पद समेत हाल रिक्त छन्। त्यति मात्रै होइन परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्टिय केन्द्रका कार्यकारी निर्देशकहरूको पदहरू समेत रिक्त छ। त्यस्तै ३ वटा आंगिक महाविद्यालयहरूका स्कूल निर्देशकहरू समेत रिक्त छन्।

यस्तै, दैनिक शैक्षिक तथा प्रशासनिक सम्पूर्ण कार्यहरू रोकिएका छन्। फागुनमा हुने दीक्षान्त रोकिएको छ। विश्वविद्यालयको सर्वोच्च निकाय सभाका सदस्यहरू समेत रिक्त छन्। असारमा गरिसक्नुपर्ने सभा रोकिएको हुँदा आगामी वर्षको बजेट तर्जुमा एवम् नीति तथा कार्यक्रम अवरूद्ध हुन पुगेका छन्।

उपकुलपतिको अभावसँगै निम्तिएको कोरोनाको प्रभाव र मुलुकमा ३ महिनाभन्दा बढी जारी लकडाउनका कारण विश्वविद्यालयको अध्ययन–अध्यापन एवम् परीक्षा संचालन हुन नसकेको नि. परीक्षा नियन्त्रक सहप्राध्यापक डा भरतराम ढुंगाना बताउँछन्। यस्तो अवस्थामा विद्यार्थीहरुको मूल्याङ्कन गर्न बाह्य परीक्षा (बोर्ड इक्जाम) तत्काल हुने सम्भावना पनि नदेखिएको उनले औल्याए ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियू अध्यक्ष सुनील क्षेत्रीले लामो समयदेखि पदाधिकारी नियुक्ति नभएकै कारण प्राज्ञिक तथा प्रशासनिक विषयवस्तुहरू ठप्प हुनु अत्यन्त चिन्ताजनक विषय भएको औल्याए ।

नेपालका अन्य विश्वविद्यालयहरुले यस्तो विषम अवस्थामा अनलाइन विधिबाट अध्ययन–अध्यापन कार्यको थालनी गरिसकेको बेला पोखरा विश्वविद्यालयलाई अनिर्णयको बन्दीले उच्च शिक्षामा गुणस्तरीयताको अपेक्षा गर्न सम्भव देखिँदैन।

पकुलपति नियुक्ति नहुँदा अनलाइन कक्षाको कार्यविधि, परीक्षा सञ्चालनसम्बन्धी वैकल्पिक व्यवस्था लगायत गर्नुपर्ने नीतिगत निर्णय अभावले अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य अन्यौल रहेको छ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width