२०७ औँ भानु जयन्ती समारोहमा उत्कृष्ट कवि पुरस्कृत

आदर्श समाज सम्वाददाता
असार २९, २०७७
bhanu ji award

पोखरा, २९ असार । पोखरा सेकेन्डरी स्कुलद्वारा आयोजित २०७ औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ ।

भर्चुयल माध्यमबाट भएको यस कार्यक्रममा स्कुलले आयोजना गरेको ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ र ’भर्चुयल ट्यालेन्ट सो’ का उत्कृष्ट बिद्यार्थीको घोषणा गरिएको थियो । बिद्यालय संचालक समितिका अध्यक्ष कमलराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । शैक्षिक सत्र २०७६ मा एसइई सकेका विद्यार्थी सहभागी भएको यस ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ मा उत्कृस्ट हुने पांच बिद्यार्थीलाई लकडाउन पछि पुरस्कार प्रदान गरिने जानकारी स्कुलका प्रिन्सिपल नारायण न्यौपानेले दिए

पहिलो हुने गणेश माध्यमिक विद्यालय, बाग्लुङको एलिसा सुवेदीले “गर्भको छोरी“ शीर्षकको कबिता वाचन गरेकी थिइन । शृङ्खला त्रिपाठीले “नेपाल“ शीर्षकको कबिता प्रस्तुत गरेकी थिइन् । उनी ज्ञानसागर एकेडेमी, हेम्जा पोखराबाट एसइइ सकेकी हुन् । ज्ञानमन्दिर विद्या गृह, रोल्पाबाट एसइई सकेका विजय रेग्मीले प्रस्तुत गरेको कबिताको शीर्षक “उज्यालो छायाँ “ हो , उनी तेस्रो भए । त्यस्तै कालिका हिमालयन सेकेन्डरी स्कुल, रसुवा कि दीपा तामाङ चौथो भईन । उनको कविताको शीर्षक “प्रकृति जोगाउ, स्वच्छ जीवन जियौं“ थियो । पाँचौं स्थान ओगट्ने अंकित कँडेलले “आमा तिम्रो सम्झनाले“ शीर्षकको कबिता प्रस्तुत गरे । उनी गणेश माध्यमिक विद्यालय, बाग्लुङबाट एसइई सकेका हुन् ।

बिद्यालयले आयोजना गरेको ’भर्चुयल ट्यालेन्ट सो’ मा पोखरा सेकेन्डरी स्कुल कक्षा १२ साइन्सका बोनिशा अधिकारी र मनिता हमाल उत्कृष्ट ठहरिए । अधिकारीले भिडियो सम्पादन गरि समसामयिक बिषयमा आफ्नो बिचार ब्यक्त गरेकी थिइन् भने हमालले कोरानाले पारेको असरबारे कबिता प्रस्तुत गरेकी थिईन । प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुहुने बाल साहित्यकार रमेश चन्द्र घिमिरेको कवितालाई स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठी बाचन गरे । स्कुलका शिक्षक, बिद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा कुमार तामांग, रमेश ढकाल, मनिता हमाल, र बिजयी कविले आफ्नो कबिता सुनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width