क्वारेन्टिनका सामग्री चोरी

रासस
असार १२, २०७७

बाजुरा, १२ असार । त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ।

क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए।

असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए।

क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ। यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ।

चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ।

Related News

सम्बन्धित समाचार

  • टोपीमा लुकाइएको लागुपदार्थ बरामद

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । लागुपदार्थ सहित कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । हेमजामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना आधारमा…
  • रवि लामिछाने पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक २, २०८१
    पोखरा, २ कात्तिक । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि…
  • रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पुग्यो वनस्थलीस्थित घण्टी घर

    आदर्श समाज सम्वाददाता कार्तिक २, २०८१
    पोखरा, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ प्रहरी टोली काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालय घण्टीघर पुगेको छ ।…
  • रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    आदर्श समाज सम्वाददाता कार्तिक २, २०८१
    पोखरा, २ कात्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि…
  • ढोरपाटनका मेयर कारागार चलान

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८१
    पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर…

hero news full width

trending post

ट्रेन्डिङ्ग