खुकुलो लकडाउनसँगै कोरोनाको जोखिम बढ्यो

राजेशचन्द्र राजभण्डारी
असार ५, २०७७
99439842_3111548142237655_8601675976025309184_o

बागलुङ, असार ५ । सरकारले करिब ३ महिनापछि लकडाउन खुकुलो बनाएसँगै बन्द ब्यापार ब्यबसाय संचालन भए पछि पुन कोरोनाको जोखिम बढ्ने देखिएको छ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई मध्य नजर गर्दै सरकारले लगाउदै आएको लकडाउन खुकुलो बनाएपछि गण्डकी प्रदेशको ब्यापारीक केन्द्र बागलुङमा जनजीवन पहिले जस्तै सहजरूपमा चल्न थालेको छ।

कोरोनाका संक्रमित ३ दर्जनभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएको कारणले पनि सरकारले लकडाउन खुकुलो बनाएपनि बजारमा त्यति धेरै चहलपहल पनि नभएको, ब्यापार पनि नभएको ब्यवसायी बेद कँडेलले बताए।

झण्डै ३ महिना देखि बन्द रहेको ब्यबसाय व्यापार उद्योग ,यातायात ,संचालन हुनथाले पनि बजारमा ब्यापार भने सार्है कममात्र भएको फेन्सी ब्यापारीको भनाइ छ।

टेलरिङ्ग ब्यबसाय समेत खुलेपनि न त काम न त ब्यापार नै भएको छ यतिबेला कोरोनाको संत्रास भने कायमै रहेको कारणले असर पुगेको ब्यबसायीको भनाइ छ।

सरकारले ब्यापारीलाई सामाजिक दुरि कायम गरि आआफ्नो ब्यापार ब्यबसाय गर्नु भनेको भएपनि यतिबेला कसैले पनि नियमको पालना गरेको भने देखिदैन।

नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । एकजनालाई कोरोना संक्रमण हुदाँबाट शुरु भएको लकडाउन भएको तिन महिन पुग्न लागेको छ । सात हजार माथि कोरोना संक्रमित पुगिसकेका छन्।

बागलुङ जिल्लामा मात्रै करिब ५ दर्जन कोरोना संक्रमित बिरामी अस्पतालमा उपचार गरिरहेका छन्।

सार्वजनिक सवारी सञ्चालन भएका छैनन् भने निजि सवारी पनि जोर बिजोर प्रणाली सहितका नियमका आधारमा सञ्चालित भनिएपनि त्यसको समेत पालना भएको छैन।

बागलुङमा कोरोना संक्रमितको संख्या ६६ नाघ्यो, एकैपटक थपिए २४ जना संक्रमित

बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको परीक्षणमा बागलुङका २ जना महिला सहित १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.के. पोखरेलका अनुसार बागलुङ नगरपालिकाका ५ जना, काठेखोला गाउँपालिकाका ६ जना र गल्कोट नगरपालिकाकाका २ महिला सहित ८ जना ढोरपाटन नगरपालिकामा ५ जनालाई संक्रमण पुष्टि भएको हो।

डा. विकेले बागलुङ नगरपालिकाका २५, २८, ५३, २३ र १८ बर्षका ५ जना पुरुष, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका ६ जना र गल्कोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका ६ जना पुरुष र ४२ र २० वर्षका २ जना महिलालाई संक्रमण पुष्टि बताए ।

यससँगै बागलुङमा संक्रमितको संख्या ६६ पुगेको छ। यस्तै बागलुङ नगरपालिकामा संक्रमितको संख्या ६ पुगेको छभने गल्कोट नगरपालिकामा १२ पुगेको छ । यसअगाडी संक्रमण पुष्टि भएका बागलुङ नगरपालिकाका २ जना निको भइ घर फर्किसकेका छन् भने गल्कोट नगरपालिकाका ४ जना जनालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ। यस्तै काठेखोला गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width