बजेटले प्राथमिकता पहिल्यायोः सांसद गुरुङ

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Madhumaya Adhikari Gurung

पोखरा, ४ असार । सांसद मधुमाया अधिकारी गुरुङले सबै क्षेत्र ठप्प रहेको अवस्थामा आएको बजेट प्र्रशंसनीय भएको बताईन् । ‘सबै क्षेत्र ठप्प छ । नागरिकलाई राहत आवश्यक छ । हजारौं यूवाहरुको भविष्यमाथि प्रश्न उब्जिएको छ । रोजगारी सिर्जना गर्नुपर्ने छ । आन्तरिक र बाह्य सहायता ठप्प छ । यो चुनौतिमा पनि बजेट ल्याउनु प्रशंसनीय हो,’ उनले भनिन्, ‘यो बजेट जनताको पक्षमा आएको छ । बिगतको बजेट कार्यान्वयनको चुनौति पनि आगामी बजेटले समिक्षा गरेको छ ।’ उनले बजेटले प्राथमिकता पहिल्याएको तर्क गरिन् । ‘लगभग ३ अर्व यही क्षेत्रमा बजेट कोरोनाको लागि छ । आइसोलेसन देखि अस्पतालसम्म र उपचारसम्म बजेट विनियोजन गरेर सरकारप्रति विश्वास पैदा गरेको छ । सरकार स्वास्थ्य क्षेत्रमा गम्भीर भएको छ,’ उनले अघि थपिन्, ‘कृषकको उत्पादन र उत्पादकत्व बढाउन आएको बजेटले किसानको मुहार चम्कने छ ।’

आगामी बजेटमाथी गण्डकी प्रदेशसभामा बोल्दै सांसद गुरुङले एक निर्वाचन क्षेत्र एक सडक, एक घर एक धारा, उज्यालो प्रदेश कार्यक्रम प्रभावकारी भएको बताईन् । तर महिलाहरुको क्षेत्रमा विनियोजित बजेट कम भएको उनको गुनासो छ । ‘यसैपनि कम बजेट छ । त्यसमाथी ठोस कार्यक्रम आएन,’ उनी भन्छिन्, ‘हिंसा पीडित महिला, एकल महिला, लैंगिक तथा अल्पसंख्यक, लोपोन्मुख जाति भनेर बजेट विनियोजन भएको छ । यो अलि ठोस हुनुपर्ने छ ।’ उनले रोजगारी सिर्जना गर्ने नाममा आएका बजेट दुरुपयोग हुनबाट जोगाउन सुझाव दिईन् । ‘रोजगारी गुमाएका यूवाहरुको लागि विनियोजित बजेट महत्वपूर्ण छ । यो बजेट घाँस काट्ने र बाटो सोहोर्ने काममा खर्च हुने छैन भन्ने विश्वास छ,’ उनले भनिन् । गुरुङले बजेट कार्यान्वयनमा आवश्यक कार्यविधि निर्माणमा हुने ढिलाईले कम खर्च भएको भन्दै गम्भीर हुन आग्रह गरिन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width