गल्याङमा औषधी, तरकारी र दुध बाहेक सम्पूर्ण पसल एक हप्ताका लागि बन्द

टीकाराम अधिकारी
जेठ ३१, २०७७
IMG_5296

गल्याङ, ३१ जेठ। स्याङ्जाको गल्याङ बजार पुर्ण रुपमा एक हप्ता बन्द हुने भएको छ । गल्याङ नगरपालिकामा सरोकारवालाहरुसँग शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो।

नगर प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बसेको बैठकले कोरोना संक्रमण समुदाय स्तरमा फैलने क्रममा रहेको निश्कर्ष निकाल्दै बजार बन्द गर्ने निर्णय गरेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी दिए।

गल्याङ नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, गल्याङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, तथा कालिगण्डकी यातायात समितिका प्रतिनिधि र सुरक्षाकर्मी सहितको बैठकले औषधी पसल, दुध डेरी र तरकारी पसल बाहेक सबै पसल बन्द गर्ने निर्णय भएको हो।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वित्तीय संस्था र खाद्यन्न पसलहरु पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’ खाद्यान्नका सवारीसाधन समेत बन्द हुने भन्दै उहाँले अहिले स्वास्थ्यका लागि एकजुट हुने बेला आएको बताए।

गल्याङ नगरवासीको स्वास्थ्यलाई आफुले पहिलो प्राथमिकता दिएको भन्दै नगरप्रमुख अधिकारीले सुरक्षित र सचेत रहन सम्पूर्ण नगरवासीलाई अपिल गरेका छन्।

कोरोना संक्रमणको जोखिम फैलने क्रममा रहेको भन्दै उनले आत्मबल बढाएर रोग विरुद्व सबैले एकताबद्व हुने समय आएको बताए । नगरप्रमुख अधिकारीले भने –‘अहिले अरु झिनामसिना विषयमा अल्झिने समय होइन, सबै एकजुट भएर कोरोना विरुद्व लडौं, पछि अन्य विषयमा बसेर छलफल गरौंला।

’भारतबाट उद्दार गरेर ल्याइएका व्यक्तिमा कोरोना संक्रमण देखिएको र क्वारेन्टाइनबाट यसको संक्रमण बाहिरिन थालेको भन्दै बैठकले एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए।

गल्याङ बहुमुखी क्याम्पसमा १६ जना भारतबाट आएका नागरिक सँगै सरसफाइ गर्ने स्वयम्सेवकमा संक्रमण देखिएपछि नगरपालिकाले अझै बढि चासो देखाएको हो।

यसैवीच, गल्याङ नगरपालिकाका नगर कार्यपालिकाको कार्यालय पनि बन्द हुने भएको छ । स्वास्थ्य बाहेकका सम्पूर्ण कामहरु बन्द गर्ने निर्णय भएको हो।

शुक्रबार नै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी दिए।

विज्ञप्तिमा संक्रमितहरुको उपचार सहितको सम्पूर्ण व्यवस्थापन गरी अभिभावकत्व कायम गर्न नगरपालिका प्रतिबद्व रहेको उल्लेख गर्दै धैर्य रहन नगरवासीमा अपिल गरिएको छ।

विज्ञप्तिमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहित शंकास्पद व्यक्तिहरुको परिक्षणको तयारी भएको पनि जानकारी दिइएको छ।

नगरप्रमुख अधिकारीले विज्ञप्तिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन नगरवासीहरुलाई आग्रह गरेका छन।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width