रुपा गाउँपालिकामा ३० श्ययाको आइसोलेशन वार्ड

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
rupa

पोखरा, २८ जेठ । कास्कीको रुपा गाउँपालिकाले क्वारेन्टिनमा बसेका दुईजनामा कोरोना पुष्टि भएसँगै थप सजगता अपनाएर आइसोलेशन वार्ड निर्माणमा जुटेको छ ।
आइसोलेशन वार्ड निर्माणका लागि गाउँपालिकास्थित उपयोगविहीन अवस्थामा रहेको अदिमभूमि संस्थाको तालिम केन्द्र भवनलाई मर्मत सम्भार गरी व्यवस्थित बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

“सङ्क्रमण बढ्यो, बाहिरबाट आउनेक्रम पनि जारी छ, दुईजनामा सङ्क्रमण देखिएसँगै हामीले थप व्यवस्थित गरेर यसको रोकथाम र नियन्त्रणको प्रयासमा लागेका छौँ”, उनले भने, “कोरोना रोकथामको विषयमा हामी शुरुदेखि नै संवेदनशील बनिरहेका छौँ, सरकारले बन्दाबन्दी जारी गरेसँगै क्वारेन्टिन बनाएर बाहिरबाट आउनेलाई राखेर सजगता अपनाइरहेका छौँ, अहिले परिस्थिति थप जटिल बन्दै गएको छ, यसबाट गाउँमा थप सङ्क्रमण नफैलियोस् र तुरुन्तै उपचार होस् भन्ने उद्देश्यले अदिमभूमिको भवनलाई ३० श्ययाको आइसोलेशन वार्ड बनाउने लागेका हौँ ।”

अध्यक्ष ओझाका अनुसार यसअघि गाउँपालिका–७ स्थित रामकोट मावि क्वारेन्टिनमा ३० जनालाई राखिएको थियो । तीमध्ये दुईजनामा कोरोना पोजेटिभ देखियो । हाल उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा उपचार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निर्देशनमा उक्त आइसोलेशनमा राखिनेछ । गम्भीर प्रकृतिका लक्षण देखिएका र भेन्टिलेटरको आवश्यकता पर्नेलाई भने अस्पताल नै पठाउने अध्यक्ष ओझाको भनाइ छ ।

उक्त भवन मर्मत सम्भारका लागि करिब रु १० लाख खर्च लाग्ने अनुमान गरिएको पनि उनले बताए। भवन परिसरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आइसोलेशन व्यवस्थापनमा खटिने सबैलाई आवास उपलब्ध गराउने गरी तयारी भइरहेको छ ।

शुरुमा क्वारेन्टिनका रूपमा प्रयोग गर्ने र आवश्यकता भएपछि आइसोलेशन बनाउने गरी भवनलाई व्यवस्थित गरिएको अध्यक्ष ओझाले बताए ।रासस

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width