तनहुँमा शहीद उद्यान निर्माण शुरु

रासस
जेठ २०, २०७७
sahid samarak2

फाेटाेः प्रस्तावित “सहिद स्मृति पार्क” को गुरुयोजना/डिपिआर को एनिमेटेड भिडियोबाट

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ।

मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माणका लागि जग तयार गर्ने गरी काम शुरु गरिएको हो । उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेपछि काम शुरु गरिएको उद्यान निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिए।

नगरपालिकाकै रु १० लाख लागतमा गत आर्थिक वर्षमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गरिनेछ।

उद्यान निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ

डिपिआरअनुसार उद्यान निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ । उद्यानमा शहीदका स्मारकबाहेक, दृश्यावलोकन स्तम्भ, बालउद्यान, मनोरञ्जन उद्यान, ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाहरुको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ।

फाेटाेः प्रस्तावित “सहिद स्मृति पार्क” को गुरुयोजना/डिपिआर को एनिमेटेड भिडियोबाट

उद्यान निर्माणका लागि सर्वदलीय सहमति र सहभागितामा निर्माण समिति गठन गरिएको छ । सबै पार्टीहरुको साझा थलोका रूपमा र सबै आन्दोलनका शहीदको सम्मान हुने गरी उद्यान निर्माण गर्न लागिएको उद्यान निर्माण समितिका सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य ओमकुमारी पौडेलले जानकारी दिइन्।

उद्यान निर्माणका लागि मझुवा ओख्ले सामुदायिक वनले आफ्नो स्वामित्वको १५३ रोपनी जग्गा निर्माण समितिलाई भोगाधिकारका रूपमा उपलब्ध गराइसकेको छ।

उद्यानको भानु इञ्जीनियरिङ कन्सल्टेन्सीले विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिका अध्यक्ष विकले जानकारी दिए। उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदहरुको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ।

फाेटाेः प्रस्तावित “सहिद स्मृति पार्क” को गुरुयोजना/डिपिआर को एनिमेटेड भिडियोबाट

उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौंदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गरिने योजना रहेको छ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width