सुई लगाउनासाथ भएको मृत्युमा अस्पतालले दुःख व्यक्त गरेपछि आफन्तले शव बुझे

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
mira

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की अध्यक्ष प्रदीप मुल्मीको ३६ वर्षीया श्रीमती मीराको उपचारक्रममा निधन भएको छ।

शुक्रबार बिहान साढे ९ बजेतिर पेटमा दुखाइपछि गैह्रापाटनस्थित फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको इमर्जेन्सी वार्डमा उनलाई भर्ना गरिएकोमा दुखाइ कम गर्ने भन्दै अस्पतालले सुई लगाउनासाथ केही मिनेटमै मीराको मृत्यु भएको हो।

यसै विषयमा : उपचारार्थ लगिएकी महिलाकाे सुई लगाउनासाथ मृत्यु

पोखरा–४, सिद्धार्थचोक बस्ने मीरालाई पति प्रदीपले गाडी चलाएर अस्पताल पुर्‍याएका थिए । परिवार स्रोतका अनुसार शुक्रबार बिहानमात्रै मुल्मी दम्पती मर्निङ वाक गएर फर्केका थिए । खाना खाएपछि पेटमा दुखाईका कारण अस्पताल लगिएको हो।

सामान्य पेट दुखाइ समस्या लिएर उपचारार्थ तत्काल भर्ना गरिएको आँखै अगाडि निधनपछि मृतकका परिवारजन, आफन्त र शुभचिन्तकले अस्पतालको लापरबाहीले मृत्यु भएको भनी तत्काल शव बुझ्न मानेका थिएनन् । उनीहरुले क्षतिपूर्ति दाबी नगरे पनि अस्पतालले सार्वजनिक माफी माग्नुपर्ने माग गरेका थिए।

फाेटाेः पति प्रदिप मुल्मीका साथ मिरा

दिनभरजसो अस्पताल प्रशासन, चिकित्सक र मृतकका आफन्तबीच भएको वार्तामा सो घटनाप्रति अस्पताल प्रशासनले दुःख व्यक्त गर्ने सहमतिमा शव बुझ्न आफन्तले सहमति जनाएको वार्तामा सहभागी एक सदस्यले जनाए।

सो क्रममा चिकित्सकहरुले समेत उपचार पद्दति र मीराको मृत्युबारेमा सम्झाउने प्रयास गरेका थिए।

मुल्मी दम्पतीका एक छोरा र एक छोरी छन्।

अस्पताल प्रशासनले शुक्रबार साँझ शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । समवेदनामा भनिएको छ, ‘अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहँदा अस्पतालको केही प्राविधिक असामान्यजस्यताको कारण, कोशिस गर्दागर्दै निधन हुन गएकोले यस अस्पताल प्रशासन दुःख व्यक्त गर्दछ।’

मुल्मी दम्पतीका एक छोरा र एक छोरी छन् । प्रदीप मुल्मी विशाल बजार व्यापारिक एशोसिएसनका निवर्तमान अध्यक्ष समेत हुन् । स्व.मुल्मीको शनिबार बिहान ८ बजे शवयात्रा हुने कार्यक्रम छ।

यसैबीच, एशोसिएसन अध्यक्ष केशव खत्रीले शोक वक्तव्य जारी गर्दै एशोसिएसन नि. अध्यक्ष एवं फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की अध्यक्ष, सामाजिक व्यक्तित्व प्रदीप मुल्मीलाई परेको पत्नीशोकप्रति दुःख व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width