अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार पाठकलाई

आदर्श समाज संवाददाता
जेठ २, २०७७
certificate

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको “अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार” यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले प्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।

साहित्यकार पाठकका मोहचक्र, शून्यवत, अग्नि दह र दुश्वप्न कथा कृतिहरु, अव्यक्त कविता सङ्ग्रह, श्री कृष्ण लीला, मेहनती मौरी, दश महामुर्ख, राम कथा, चतुरे बन्यो नेता, चमत्कारी औंठी र धूर्त श्याल र घमण्डी बाघ बालकथा कृतिहरु प्रकाशित छन् ।

यसैगरी पाठकका गोमा संघर्षशील जीवनका पाटाहरु, तोत्र–प्रेम वृतान्त, सम्झनामा राममान तृषित जीवनी कृतिहरु प्रकाशित छन् । पाठकले नारीश्वर साहित्यिक त्रैमासिक साहित्यिक पत्रिकाको पनि सम्पादन गर्दै आएकी छन् । नेपाली महिला साहित्यकारको सस्था “गुन्जन” अध्यक्ष पाठक अनेसास नेपाल च्याप्टरको सल्लाहकार हुन् ।

यस अघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । अनेसासका ट्रष्टी सदस्य भवन भट्टले प्रायोजन गरेको यो पुरस्कारको राशि सम्मानपत्रसहित अमेरिकी डलर १ हजारको रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width