अन्नपूर्ण गाउँपालिकाको काँडे अष्ट्रेलियन क्याम्प हुँदै पीतम देउरालीसम्मको सिढी बाटो निर्माण कार्य सुरु भएको छ।
गाउँपालिकाको ३० लाख सहयोगमा सो बाटो निर्माण कार्य बिहीवारदेखि सुरु भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। हाल अन्नपूर्ण ३ को नयाँचौतारीमा सोलिङ तथा गोलडाँडा माथि सिढी हाल्ने कार्य भइरहेको छ। दैनिक २७ मजदुर काममा खटिएको निर्माण समितिका अध्यक्ष विकाश गुरुङले बताए।निर्माण कार्य यहि असार १० गतेभित्र सक्नुपर्ने छ।
निर्माण अन्तरगत कुल दुई हजार ८८ वटा सिढी, एक सय ६५ मिटरमा सोलिङ तथा एक हजार ६ सय १३ वर्गमिटर क्षेत्रफलमा छपनी बिच्छ्याउनु पर्नेछ। बाटो निर्माणसँगै यात्रामा थप सहजता आउने विश्वास गरिन्छ। उक्त बाटो हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।
निर्माण समिति उपाध्यक्षमा गुरुदत्त भारती, सचिवमा युवराज गुरुङ, कोषाध्यक्षमा निमा गुरुङ, सहसचिवमा केशव विजुक्छे तथा सदस्यहरुमा प्रकाश गुरुङ, रामबहादुर गुरुङ, रुपा विक र जमूना विक छन्।
यसपटक काँडेदेखि मोहीविसाउने खण्डसम्ममा (पार्के नजिकै) कार्य हुने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१