सांसद गौचनले रंगशालाका श्रमिकलाई दिए राहत

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७७
rahat

पोखरा । गण्डकी प्रदेशका सांसद  चन्द्रमोहन गौचनले पोखरा रंगशालामा निर्माणमा जुटिरहेका श्रमिकलाइ राहत सामाग्री प्रदान गरेका छ्न् ।

पोखरा रंगशाला पुगेर सांसद गौचनले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङलाई २४ हजार बराबरको विभिन्न खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्। सांसद गौचनले प्रदान गरेका राहत सामाग्रीमा चामल, दाल, तेल, नुन, चिउरा, आलु, प्याज लगायत रहेकाछन्।

राखेप सदस्य गुरुङले हाल रंगशालामा ८५ जना श्रमिक कार्यरत रहेको र दैनिक ज्याला बाहेक उनीहरूलाइ विभिन्न सहयोगी मनहरुले प्रदान गरेको सामग्रीबाट र अन्य स्रोतबाट  खाना र खाजा व्यवस्था गरिएकाे बताए।

Related News

सम्बन्धित समाचार

hero news full width