गण्डकीको चालू अधिवेशन अन्त्य

प्रकाश ढकाल
वैशाख २४, २०७७
Gandaki province office

पोखरा । गण्डकी प्रदेशको हिउँदे एवं छैठौं अधिवेशन सकिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यका लागि आग्रह गरेको थियो । प्रदेशप्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरिदिएका हुन्।

पुस २३ गतेदेखि जारी अधिवेशनमा पछिल्ला ६ वटा बैठक निरन्तर स्थगीत भएको थियो । काँग्रेस सहित विपक्षी दलको अवरोधका कारण निरन्तर स्थगीत संसद चैत ६ गतेदेखि चलेको थिएन । डेढ महिनापछि पुनः बैठक नै नडाकी अधिवेशन अन्त्य गरिएको हो।

सरकारले चैत ११ मा लकडाउन घोषणा गरेपछि सदन अलमलमा थियो । सभामुख नेत्रनाथ अधिकारीले केही दिन यही अधिवेशनमा सदन निरन्तर चलाउने र स्थगित गर्ने तयारी गरेका थिए । यसका लागि ठाउँको खोजी पनि भैरहेको थियो । तर बैठक बस्दै नबसी अधिवेशन सकियो।

काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम लगायत विभिन्न १४ बुँदामा असहमति जनाउँदै सदनमा अवरोध गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width