गण्डकी प्रदेश सरकारको राहत कोषमा एसओएस बालग्राम गण्डकीले बुझायो एक लाख बढि

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
SOS Balgramme Gandaki

मुख्यमन्त्रीलाई चेक हस्तान्तरण गर्दै बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठ ।

पोखरा । पोखरास्थित एसओएस बालग्राम गण्डकीले कोरोना रोकथाम राहत कोषमा गण्डकी प्रदेश सरकारकालाई एक लाख बढि रकम प्रदान गरेको छ ।

गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि उक्त बालग्रामको परियोजना अन्तर्गत कार्यरत शिक्षक/शिक्षिका तथा कर्मचारी, आमा/अन्टीलगायतका कर्मचारीहरुले एक दिनको तलव कटाएर १ लाख, १ हजार ८२ रुपैयाँ राहत कोषमा रकम जम्मा गरेका हुन् ।

बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठ, निर्देशक प्रदिपभक्त आचार्य, प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठ, सहायक प्रिन्सिपल चुडामणी सुवेदी र शिक्षक तथा कर्मचारी युनियनका अध्यक्ष प्रभात पौडेलको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार एक कार्यक्रमबीच सोही रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सोही अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गरेवापत एसओएस बालग्राम गण्डकीलाई धन्यवाद दिए । प्रदेश सरकारले कोरोनाका बिरामीको निशुल्क उपचार गर्नेदेखि अरू व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

विश्वव्यापी रुपमा नोबेल कोरोना (कोभिड–१९) ले महाव्याधीको रुप लिएपछि गण्डकी प्रदेश सरकारले पनि कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको हो । सो राहत कोषमा गण्डकी प्रदेशको सबै मन्त्रीको एक महिनाको तलव कट्टा गरेर जम्मा गरिएको छ ।

गण्डकी प्रदेश सरकारको अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा आर्थिक मामिला तथा कानूनमन्त्री, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्री र प्रदेशका प्रमुख सचिव सदस्य रहने गरी कोरोना रोकथाम तथा व्यवस्थापन समितिको गठन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width