नवलपरासी, २० बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टमा काम गर्दागर्दै कारखानाको दोस्रो तल्लाबाट खसेर निधन भएका मजदुरका परिवारलाई कारखानाले २५ लाख क्षतिपूर्ति दिने भएको छ ।
कारखानामा रहेका मदजुरहरुको विमा रकम वापतको १० लाखमा कारखानाले १५ लाख थप गरेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए ।
विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बकर्षीय मदनदास श्रेष्ठको कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर निधन भएको थियो ।
सम्बन्धित समाचार
गाउँपालिका अध्यक्ष जिसीको रोहबरमा कारखाना प्रशासन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश ४ अध्यक्ष नेत्र रानाभाट लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि एवम् स्थानीय बुद्धिजीवि, प्रहरी लगायतको सहभागितामा भएको छलफल पछि मृतकका परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।
मृतक श्रेष्ठको शव भरतपुर अस्पतालमा रहेको छ । छतबाट खसेर गम्भीर घाइते भएको श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको हो ।
उनको शव शनिबार पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाइने भएको छ ।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१