होङ्सी सिमेन्ट मजदुरको खसेर मृत्यु

रामकुमार श्रेष्ठ
वैशाख १७, २०७७
honsi-1

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा काम गर्ने क्रममा आज एक जना मजदुरको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ४ निवासी २५ बर्षीय मदनदास श्रेष्ठको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

कारखानाको दोस्रो तल्लामा काम गरिरहँदा उनी खसेर गम्भीर घाईते भएका थिए।

गम्भीर घाईते श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width