नवलपरासीका ६ स्थानीय तहलाई सहमति संस्थाकाे सहयोग

रामकुमार श्रेष्ठ
वैशाख १५, २०७७
samahati

नवलपरासी । गैडाकोट ५ मा रहेको सहमति संस्थाले नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई १५ लाख रुपैया सहयोग गरेको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक जीवन संचालनमा समस्या परेका सर्वसाधरणलाई सहयोग स्वरुप स्थानीय तहलाई सो रकम बरावरको चेक आइतबार हस्तान्तरण गरेको सहमतिका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिए ।

कोइका नेपालको आर्थिक सहयोग, गुड नेवरर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सहमति संस्थाद्धारा संचालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीय तहका विभिन्न वडामा संचालन भएका स्थानीयद्वारा पहल परियोजना कार्यक्रममा आवद्ध जनताको विशेष सहयोगका लागि सो रकम हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रमका फोकल पर्सन एवम सहमतिका सल्लाहकार संयोजक भिमप्रसाद शर्माका अनुसार यो कार्यक्रम संचालन भएको प्रत्येक वडालाई १ हजार अमेरिकी डलर अर्थात् १ लाख १५ हजार ३ सय ५० का दरले ती पालिकाहरुलाई चेक हस्तान्तरण गरिएको हो ।

जसमा नवलपरासी पश्चिमको सुनवल नगरपालिका नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीलाई ३ लाख ४६ हजार ५०, पालिनन्दल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तव लाई १ लाख १५ हजार ३ सय ५०, सरावल गाउँपालिलाई अध्यक्ष राधेश्याम चौधरीलाई १ लाख १५ हजार ३ सय ५०, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई २ लाख ३० हजार ७ सय , सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयलाई पनि २ लाख ३० हजार ७ सय र नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रवहादुर रानालाई ४ लाख ६१ हजार ४ सय रुपैयाको चेक सहमतिका अध्यक्ष करुणासागर सुवेदी र कार्यक्रमका संयोजक भिमप्रसाद शर्माले हरेक स्थानीय तहको विपत व्यवस्थापक कोषमा जम्मा हुने गरी कुल १५ लाख रुपैया सहयोग गरेका हुन् ।

अहिलेको विपदमा पनि मानवियता भुलेर मानिसहरुको भीड जम्मा गर्ने र सेल्फी खिची सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति वढेको भन्दै आफूहरुले त्यसको निराकरणमा जोड दिँदै न्यायोचित राहत वितरणमा सहयोग पुगोस भनी एकद्धारा प्रणालीलाई पालना गरेर सहयोग गरेको बताए ।

स्थानीय तहको निर्णय अनुसार राहत वितरण गर्न सक्ने तर यो कार्यक्रम संचालन भएका वडाका विपन्न परिवार भोकै वस्न नहुनेमा जोड दिँदै विशेष ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उनले आग्रह गरे ।

यो सहयोगले भोकै वस्न वाध्य जनतालाइ ठूलो राहत मिल्ने र वास्तविक विपन्न परिवारलाई सहयोग गर्ने सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापा क्षेत्रीले बताए ।

कार्यक्रमका जिविकोपार्जन विज्ञ सुमन श्रेष्ठका अनुसार हाल ६ वटा स्थानीय तहहरुको विभिन्न वडाहरुमा दुग्ध उत्पादन, माछा पालन, तरकारी खेती, सिचाई, युवा तथा महिला रोजगार कार्यक्रमहरु गरी २६ वटा प्रोजेक्ट झण्डै ३० करोड हारहारीको लगानी सहित गत वर्षको जुलाईबाट संचालन भएको भन्दै यसले आय स्तर वृद्धि सँगै स्थानीयमा व्यवसायीक ज्ञान वृद्धि गर्ने बताए ।

सहमतिका अध्यक्ष करुणा सागर सुवेदीले सहमतिले हाल चार वटा क्षेत्र आर्थिक विकास र जिविको पार्जन, विपत व्यवस्थापन र वातावरण संरक्षण,सुशासन र वकालत गरी विभिन्न जिल्लामा काम गरिरहेको र अहिलेको कोभिड १९ का कारण यी कार्यक्रम संचालन भएका ठाउँका जनता जो आक्रान्त छन् उनीहरुको सहयोगका लागि रकम सहयोग गरेको बताए ।

अध्यक्ष सुवेदीका अनुसार केही दिन अघि पनि गैर सरकारी सस्था महासंघ मार्फत सहमतिले प्रधानमन्त्री राहत कोषमा १० हजार सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width