अहिलेसम्मको खोज अनुसन्धानबाट प्राप्त भए अनुसार स्याङ्जाली साहित्यको इतिहासमा पहिलो प्रकाशित कृति पं. इश्वरीप्रसाद पौडेलको ‘देशभक्त केटो’ -सम्वत् २००६ बनारस) मानिन्छ। साहित्यकार केदार शर्मा ढकालको भनाइ अनुसार ‘लेखकले उक्त पुस्तकको पाण्डुलिपिमा हुकुम’ नाम राखी प्रकाशनार्थ टीकादत्त धिताललाई बुझाए। त्यही नाममा पुस्तक प्रकाशित गर्दा राणा शासकले दुःख दिन सक्ने देखेर प्रकाशक टीकादत्तले ‘देशभक्त केटो’ नाम राखेर प्रकाशित गरे। किताब प्रकाशित भइसकेपछि मात्रै किताबको नाम फेरिएको कुरा लेखकले जनकारी भयो। यसरी बनारसबाट २००६ सालमा प्रकाशित भएको पुस्तक स्याङ्जाली साहित्यमा पहिलो प्रकाशित पुस्तक बन्ने अवसर पायो। पं. इश्वरी पौडेलदेखि आजसम्म ३५० भन्दा बढी स्याङ्जाली साहित्यकारहरूले पुस्तक प्रकाशित तथा साहित्यिक फाँटमा कलम चलाइरहेको देखिन्छ।
नवौं अड्ढसम्म प्रकाशित भएको युगभाषा चौमासिक साहित्यिक पत्रिकाले पनि स्याङ्जाली साहित्यको माहोल बढाएकै थियो भने त्यसपछि व्यक्तिगत रूपमा फाट्टफुट्ट पुस्तक प्रकाशित भए पनि संस्थागत रूपमा शून्य प्राय स्याङ्जाको साहित्यक माहोल वि.सं. २०४६ सालको जनआन्दोलनपश्चात् जुमुराएर आयो। २०४६ पछि लगत्तै जयप्रसाद पौडेलको सक्रियतामा आदर्श संगम स्थापना भइ लक्ष्मी जयन्ती, भानु जयन्ती, शहीद दिवसको अवसरमा काव्य वाचन कार्यक्रम गोष्ठी, कवि गोष्ठी लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयमा हुने गथ्यो। यस्तै अवसरमा छन्दोवद्ध कविता सुनेर मन्त्रमुग्ध भएका समाजसेवी काजीमान श्रेष्ठले स्वर्गीय पिता शंखनारायण श्रेष्ठको सम्झनामा शंखनारायण साहित्य पुरस्कारको स्थापना गरेर वाषिर्क रूपमा एकजना साहित्यकारलाई पुरस्कारसहित सम्मान गर्ने काम अघि बढ्यो। काजीमान श्रेष्ठको स्वर्गारोहणपछि त्यस पुरस्कारको संस्थापक गोपालमान श्रेष्ठबाट पनि यदाकदा पुरस्कार प्रदान गरिएको छ तर वाषिर्क रूपमा निरन्तरता भने हुन सकेको छैन।
स्याङ्जा साहित्य प्रतिष्ठान २०५२ मा राजनीतिक व्यक्तित्व शिवकुमार अधिकारीको अध्यक्षमा स्थापना भएपछि साहित्यिक माहोल हलक्कै बढेर आयो। जिल्लाका क्याम्पस स्कुलहरूमा साहित्यिक कार्यक्रम हुन थाले। स्याङ्जा साहित्य प्रतिष्ठानले कालीगण्डकी कला साहित्यको पुरस्कारको स्थापना भयो। युवा जमात साहित्यतिर रुचि जगाउन थाल्यो। स्याङ्जा साहित्य प्रतिष्ठानको मुखपत्र रजस्थलको प्रकाशनले स्याङ्जालाई साहित्यिक हिसाबले केन्द्रसँग जोड्ने मार्ग खुल्यो। राष्ट्रिय स्तरमा गनिएका साहित्यकारहरूलाई स्याङ्जाले निम्त्याएर अतिथि, प्रमुख अतिथिको स्थान दिँदै सम्मान गर्न थाल्यो। साथै कालीगण्डकी साहित्य कला पुरस्कारले राष्ट्रिय स्तरका साहित्यकारहरूलाई सम्मान गर्दै र पुरस्कार अर्पण गर्दै गयो।
यसका अतिरिक्त वालिङमा युवा साहित्यकारहरूको सक्रियतामा आँधीखोला साहित्य सदन स्थापना भयो। यस साहित्यिक संस्थाले पनि दशौं अंशसम्म सगुन साहित्यिक चौमासिक साहित्यिक पत्रिका प्रकाशित गरेर उल्लेखनीय काम गर्यो। सगुनको दशौं अड्ढले स्याङ्जाको साहित्यसम्बन्धी जानकारी लिन चाहने विद्यार्थीका निमित्त निकै महत्त्वपूर्ण दस्तावेज बन्न सक्छ। हाल स्याङ्जामा प्रशस्त साहित्यिक सङ्घ संस्था गठन भइ साहित्यलाई उर्वर बनाउन स्याङ्जा साहित्य प्रतिष्ठान, आँधीखोला साहित्य सदन, गण्डकी साहित्य परिषद्, भेषराज साहित्य प्रतिष्ठान, गजल मण्डली स्याङ्जा, अनुपम साहित्य श्रृखंला, जगत्रदेवी साहित्य संगम, ज्याग्दीखोला साहित्य सदन, यसका साथै राजनीतिक हिसाबले स्थापना भएका लेखक सङ्घ प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ, जस्ता संस्थाले पनि धेरथोर साहित्यको सेवा गरिरहेकै छन्। स्याङ्जामा साहित्यिक माहोल बढ्दै गएपछि जिल्लाका केही साहित्यपे्रमीहरू पुरस्कारको स्थापना गरी जिल्लाको साहित्यलाई टेवा दिने काम गर्नुभएको छ। ती संस्था र पुरस्कार क्रमशः
१. शंखनारायण साहित्य पुरस्कार :
साहित्य साधानामा समर्पित स्याङ्जाली साहित्यकारमध्ये वाषिर्क रूपमा एकजनालाई प्रदान गर्ने यो पुरस्कार समाज सेवी काजीमान श्रेष्ठ तथा राजनीतिक व्यक्तित्व गोपालमान श्रेष्ठबाट स्थापना भएको हो। यो पुरस्कारको रासी पहिले रु. एकहजार, पच्चीस सय हुँदै हाल पाँच हजार पुगेको छ। हालसम्म यो पुरस्कार प्राप्त गर्ने साहित्यकारहरू हुनुहुन्छ। अम्बिका प्रसाद पौडेल, केदार शर्मा ढकाल, देवी प्रसाल वनवासी, भेषराज शर्मा, जय प्रसाद पौडेल, विश्वपे्रम अधिकारी, डा.अच्युतशरण अर्याल, भूपति ढकाल ‘कमल’, चिन्तु गिरी, लाल गोपाल सुवेदी।
२. बाल नरसिंह सुवर्णयकुमारी अधिकारी पुरस्कार :
२०५४ मा सुरुमा एकलाखको अक्षयकोष राखी काठमाडौंमा स्थापना भएको यो पुरस्कार स्याङ्जामा क्रियाशील साहित्यकारलाई प्रदान गरिने पुरस्कार हो। दुर्इ-दुर्इ वर्षमा प्रदान गरिने यो पुरस्कार सुरुमा दश हजार र हालपन्ध्र हजार रहेको छ। यो पुरस्कार प्राप्त गर्ने साहित्यकारहरू : चेतन कार्की, महेश्वर शर्मा, देवी प्रसाद वनवासी र विश्वपे्रम अधिकारी हुनुहुन्छ। २०६० पछि यो पुरस्कार प्रदान गरिएको छैन।
३. कालीगण्डकी कला साहित्य पुरस्कार :
स्याङ्जा साहित्य प्रतिष्ठानबाट प्रदान गरिने यो पुरस्कार सुरुमा स्याङ्जाली सहित्यकारलाई प्रोत्साहनस्वरुप प्रदान गरिँदै आएको जिल्लामा पुरस्कार स्थापना बढ्दै गएपछि स्याङ्जा साहित्य प्रतिष्ठानले राष्ट्रिय स्तरमै प्रदान गर्न थालेको छ। पुरस्कार प्राप्त गर्ने सहित्यकारहरू : विश्वपे्रम अधिकारी, महेश्वर शर्मा, डा.धनश्याम न्यौपाने ‘परिश्रमी’, भूपति ढकाल कमल, जय प्रसाद पौडेल, देवी प्रसाद वनवासी केदार शर्मा ढकाल, चिन्तु गिरी, देवेन्द्र लम्साल, पुरुषोत्तम न्यौपाने, हरि देवी कोइराला, मुकुन्द शर्मा, ज्ञानु अधिकारी, कृष्ण देवी शर्मा श्रेष्ठ, लीलाम्बर ढुंगाना, केदारनाथ खनाल, हुमाकान्त पाण्डे, तेजनाथ खतिवडा।
४. तीला कुमारी साहित्य पुरस्कार :
साहित्यकार देवी प्रसाद वनवासीले आफ्नी ममतामयी माताको नाममा २०५४ सालमा स्थापना गर्नु भएको यो पुरस्कार आजसम्म लाल गोपाल सुवेदी, विश्वपे्रम अधिकारी, चिन्तु गिरी, झारबूटी कविता संग्रह, अनन्त अर्याल, गायत्री लम्साल, कल्पना श्रेष्ठ, लीला देवी शर्मा र्ँतर्कना’, दुर्गा बहादुर रोकाहा …. समेतलाई प्रदान गरिसकेको छ।
५. आमा सुमित्रा गिरी स्मृति साहित्य पुरस्कार :
आफ्नी ममतामयी माता सुमित्रा गिरीको स्मृतिमा बलसागर गिरीले स्थापना गर्नुभएको यस पुरस्कारको राशि अक्षय कोषमा एकलाख पच्चीस हजारको रहेको छ। प्रत्येक वर्ष एकजना स्याङ्जाली साहित्यकारलाई प्रदान गरिने यो पुरस्कार पाँच हजारको छ। यस पुरस्कारमा स्याङ्जा साहित्य प्रतिष्ठानले दुर्इ हजार थपी दोस्रो पटकदेखि सात हजार बनाइएको छ। पहिलो पटक यो पुरस्कार गायत्री लम्साल र दोस्रो पटक डा. यम बहादुर पौडेल क्षेत्रीलाई प्रदान गरियो।
६. मानबहादुर कृष्ण कुमारी ट्रष्ट
प्रकाशज· कार्कीद्वारा आफ्ना पितामाताको सम्झनामा २०६९ सालदेखि प्रदान गर्दै आएको यस पुरस्कार पहिला पाँच हजार एक सय एघार थियो। पछि अक्षयकोषमा रकम वृद्धि हुँदै गएकोले पुरस्कारको राशि दश हजार पुर्याइएको छ। यो पुरस्कार शीतला उ.मा.वि. पौवेगौडेबाट प्रदान गरिन्छ। यो पुरस्कार आज सम्म प्राप्त गर्ने साहित्यकारहरूमा – चिन्तु गिरी, लेखनाथ काफ्ले, ज्ञानेश्वर रेग्मी र दुर्गाबहादुर रोका हुनुहुन्छ।
७. मन कुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार
यो पुरस्कार साहित्यकार केदार शर्मा ढकालको परिवारबाट वि.सं. २०६७ सालमा स्थापना गरिएको हो। सुरुमा दुर्इ लाखबाट सुरु भएको भए पनि अक्षयकोषको रकम वृद्धि भइरहेको छ। यो पुरस्कार दुर्इ-दुर्इ वर्षमा प्रदान गरिन्छ भने जिल्लामा एसएलसीमा सर्बाेत्कृष्ट अड्ढ प्राप्त गर्ने एक छात्र र एक छात्रालाई दुर्इ हजार पाँच सयका दरले प्रदान गरिँदै आएको छ भने साहित्यकारलाई रु. पन्ध्र हजार प्रदान गरिन्छ। यो पुरस्कार आज सम्म प्राप्त गर्ने साहित्यकारहरू घनश्याम ढकाल, सुकुम शर्मा, चेतन कार्की, देवी प्रसाद वनवासी हुनुहुन्छ।
८. स्थानेश्वर शर्मा अर्याल स्मृति पुरस्कार २०७०
यो पुरस्कार वालिङ न.पा. निवासी शंभु अर्यालको परिवारले आÇना पिताको स्मृतिमा स्थापना गरेको हो। यसको अक्षय कोष एक लाख रहेको छ। युवा कविले स्थापना गरेको यो पुरस्कार पहिलो पटक स्याङ्जाली जल्दावल्दा युवा साहित्यकार मिलन समिरलाई प्रदान गरिएको छ।
९. पं. आनन्दमणि, टुल्की, नन्दकला स्मृति पुरस्कार
राजनीतिक व्याtmित्व त्रिलोचन ढकालको परिवारबाट स्थापना भएको यो पुरस्कार २०७२ बाट सुरु गरिएको छ। पारिवारिक वृत्तबाट सड्ढलित रकम अक्षयकोषमा सञ्चित गरिआएको ब्याजबाट प्रत्येक वर्ष एकजना साहित्यकार र एकजना जिल्लामा बाह्रमा उत्कुष्ट विद्यार्थीलाई प्रदान गरिन्छ। पन्ध्रहजार राशि रहेको यो पुरस्कार २०७२ मा पहिलो पटक साहित्यकार देवेन्द्र लम्साललाई प्रदान गरियो।
१०. यादव नीलकण्ठ तीलकुमारी साहित्य पुरस्कार
समाजसेवी व्यक्तित्व तुलसी गिरीको परिवारबाट स्थापनार्थ २०७१ सालमै स्याङ्जा साहित्य प्रतिष्ठानको खातामा १ लाख ५० हजार अक्षय कोषमा रहने गरी उपलब्ध गराइसकिएको छ। वाषिर्क रूपमा एकजना साहित्यकारलाई प्रदान गरिने यो पुरस्कारको रकम सुरुमा १० हजार रहेको छ संस्थापन पक्ष र स्याङ्जा साहित्य प्रतिष्ठानको आपसी सरसल्लाहबाट प्रदान गरिने यो पुरस्कार २०७२ बाट प्रदान गरिने छ।
११. समाजसेवी डी. ज·वीर ट्रष्ट ?
विद्वान व्यक्तित्व अमरसिंह थापाको परिवारबाट आÇना बावु डी. ज·वीर थापाको स्मृतिमा स्थापना गरिएको यो ट्रष्ट जिल्ला कार्यालय स्याङ्जामा दर्ता भइसकेको छ। यसको उद्देश्य जिल्लाका सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने रहेको छ। अक्षयकोषमा रकम जम्मा हुने क्रम जारी छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०