सृष्टि रचना र भगवान् विश्वकर्मा

आदर्श समाज सम्वाददाता
असाेज १, २०७२

आदि पुरुषको आज्ञा मिल्नेबित्तिकै ब्रह्माजीले सृष्टिको निर्माण कार्य आरम्भ गर्नुभएको थियो। सबभन्दा पहिला जलमा एउटा अण्डा स्थापित गर्नुभयो। विस्तारै विस्तारै अण्डा बढ्दै जान लाग्यो र यसबाट ब्रह्माण्डको उत्पत्ति भयो। त्यही समयदेखि ब्रह्माजीको चिन्ता हुन लाग्यो, कहाँ स्थापित गरौं विचार गर्दा शेषनागको मष्तकमा ब्रह्माण्डको रूपमा स्थापना गर्नुभयो तर स्थिर रहन सकेन।

ब्रह्माजी व्यग्र एवं लाचार भएर प्रभु विश्वकर्माको स्तुती गर्नुभयो। विश्वकर्मा प्रभु प्रकट भएर विश्व निर्माणका लागि नविनरुप धारण गरी ब्रह्माजीको ब्रह्माण्डको स्थिर गर्ने उपाय बताउँदै भन्नुभयो। यतिले पनि स्थिर नहुँदा पृथ्वीमा सुमेरु पर्वतको रचना गरी स्थिर नहुँदा पृथ्वीमा सुमेरु पर्वतको रचना गरी स्थिर गराउनुभयो। विश्वकर्मा भगवानको आज्ञाले ब्रह्माण्डलाई १४ भागमा बाँड्नुभयो। तल ७ भागमा सातपातल, अतल, वितल, सुतल, महाताल, तलातल, रसातल र पातल एवं माथि सातलोक भुलोर्क, भुवलोर्क, स्वलोर्क, महलोर्क, जनलोक, तपलोक रसत्यलोक यसरी ब्रह्माण्डको रचना गरी सकेपछि साततालमा नाग,राक्षस, यक्ष, दानव, पिशाच आदिको निवासको कल्पना गर्नुभयो। भुलोर्कमा मनुष्य निवास गर्ने भुवलोर्कमा पितृ रहने स्वलोर्कमा देवता, महलोर्कमा महषि रहने, जनलोकमा सिद्धाचारण गर्न्धर्व विद्याधर रहने, तपलोर्कमा प्रभुको समीपता हुनेवाला अधिकारी र सत्यलोकमा आनन्द स्वरुप पूर्ण तेजोमय परम ब्रह्मा निवास गर्ने। यसरी १४ भुवनको सृष्टि गरी सकेपछि देवआत्मका उत्पत्ति गरी आदि पुरुषका अंशबाट देवता उत्पन्न गराउनुभयो। यसबाट इन्द्र, अग्नी, यम, निश्रृती, वरुण, वायु, कुवेर र इशान यी आठ देवतालाई आठ दिशामा अघिपछि बनाएर स्थापित गर्नुभयो। आठ दिशामा रहेर ब्रह्माण्डको सुरक्षा गर्न लगाउनुभयो। तत्पश्चात आदि पुरुषले त्रमशः ब्रह्मा, विष्णु, शंकरजीलाई नियुक्ति गरी ब्रह्माजी सृष्टिको उत्पत्ति विष्णुजीलाई पालना र शंकरलाई यथाकाल उसको बिसर्जन गर्ने जिम्मा दिनुभयो। सृष्टिको रचना चक्रमा ब्रह्मा उत्पत्ति गर्ने, शंकरजीले नास गर्ने गर्दा ब्रह्माजीलाई दिक्क लागि तपस्यमा लिन हुनुभयो। ब्रह्माको स्थिति देखेर परमेश्वर प्रशन्न भएर दर्शन दिनुभयो। उनको सृष्टि र विनासको स्थिति देखेर मैथुन धर्मबाट उत्पन्न हुने वाला श्रृष्टि रचनाको आदेश दिनुभयो र परमात्मा परम कृपालु विश्वकर्मा वावाको यी लीलाहरू अपराम्पार छन्। विराट महापुरुष विश्वकर्मा भगवानको आरधना, उपासना गर्न उहाँको रचनाहरू लागे। यसरी गरेको उपासनाबाट प्रशन्न भएर प्रभुले कामधेनु गाई, कल्पवृक्ष, कल्पलता, कायाकल्प जस्ता पदार्थको रचना गरी दिनुभयो। यसरी मनोवान्छित चिज प्राप्त गर्दै जाँदा ब्रह्माका सन्तती भोग, विलास, इर्श्या, द्वेष, उपासना धर्मको त्याग गर्न लागे। यसरी पृथ्वीमा हाहाकर मच्चिन लाग्यो। ब्रह्माजीको आशन समेत उथलपुथल हुन लाग्यो। ब्रह्माजी समाधिमा बसी मनुष्यका कुकर्म, अनीति, मानवको दुःख दर्द हो भनी निष्कर्ष निकाल्नुभयो कि परमज्योति परमात्मा स्वरुपको ध्यान तथा उपासना आदी गरेर मनुष्यको सर्व दुःख टाढा हुन्छ। मनोकामना पूरा हुन्छ। अतः वेद धर्मको रचना भगवान श्री विश्वकर्माद्वारा भयो। यो कुरा सुनेर ब्रह्माजीले सारा वेदका मन्त्रहरू उच्चारण गर्दै पृथ्वीमा विचरण गर्नका लागि ऋषिमुनिलाई आदेश दिनुभयो। यो सारा मनुष्यहरूले पालना गरे र सारा दुःख हटी पुण्य प्राप्त गर्न लागे र धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्न लागे। यसरी विश्वकर्मा भगवानले मनुष्य मात्रको लागि ८० हजार स्वर्णाअक्षरले लेखिएको महापुरण, पुराण, उपपुराण दिई सृष्टिलाई सुखी बनाउनुभयो। यसरी स्ात्य युग, त्रेता युग, द्धपार युगको निर्माण विनास हुँदै जाँदा हजारौं वर्षतक निर्माणमा ज्ञानी विज्ञानी विश्वकर्माहरूले सारा रचना रच्नुभयो। युग परिर्वर्तन पछि पुनः निर्माणका लागि विश्वकर्माको आहृवान देवताहरूले गर्नहुन्छ। यसअघि गरिएका रचनाको स्थिर रहन नसकेर ब्रह्माजीले आदि नारायण विश्वकर्माको याद स्मरण गर्नुभयो। डगमगाएको पृथ्वी स्थिर गर्नमा ब्रह्माजीलाई सहायता मिल्यो।

अनेक धर्मको ज्ञाता महाराज पृथुले आफ्ना प्रजाका हितका लागि भगवान विश्वकर्माको आह्वान गर्नुभयो। चार भुजावाला एक हातमा गज -नाप्ने फिता) दोस्रो हातमा डोरी तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक शरीरमा यज्ञ पवित्र -जनेउ) धारणा गर्ने राजा पृथुले यस्ता भगवानको ध्यान गर्दा असङ्ख्य सूर्य समान प्रकशवाला गोला पृथ्वीतिरतिर आउँदै गरको देख्नुभयो उक्त प्रकाश हंसरुद्ध पुरुषोत्तम आदि नारायण रुवरुप भगवान विश्वकर्माजीको सबैलाई दर्शन भयो। विस्तारै विस्तारै धर्तिमा आउँदा जहाँ पृथु राजा बसेका थिए त्यहीं आइपुग्यो र उस समय सारा पृथ्वी आनन्दित भयो र आकाशबाट पुष्प वर्षा भयो।

सम्पूर्ण आनन्द मग्न भएर प्रभुको दर्शन गर्न लागे सम्पूर्ण खुसीले गदगद भएर जीवन सफल भयो भन्दै प्रार्थना गर्न लागे।हे भगवान।हे विश्वकर्मा। हे देवाधिदेव हाम्रो पालन कर्ता हजुर नै हुनुहुन्छ।हजुरकै कारण पृथ्वी टिकिराखेको छ। हजुर जगतको कण कणमा व्याप्त हुनुहुन्छ। हजुर नै प्रवृत्तिमय संसारमा अनेक ज्ञान विज्ञान, समस्त यन्त्र, परमाणुको रचना गर्ने वाला हुनुहुन्छ। यो वृक्षरूपी जगतको मुल हजुर नै हुनुहुन्छ। समस्त तत्वको उत्तम कर्मको आन्नादि पदार्थको उत्तम कालिगढ हरेक साधनले सुसज्जित प्रकृतिबाट जल र जलबाट परामाणु, धन गति दिनेवाला समस्त श्रृष्टिको समान दृष्टि दिनेवाला अद्वितीय सबैको धारण र पालन गर्नेवाला ब्रह्मा विष्णु महेश समान हजुर नै हुनुहुन्छ।

यस्ता ज्ञानी विज्ञानी प्रतापी विराट स्वरुप भगवान सत्य, त्रेता, द्वापरमा दिव्य निर्माण निपूर्ण हुनुभई कलियुगमा समेत वास्तु निर्माण मेसिनरी निर्माण, हातहतियार निर्माण यान तथा सवारी साधनको निर्माण गरगहना मूर्ति कला काष्ठकलाका अनेकौं सृजनामा शिल्पकारी भगवान श्रीविश्वकर्मा नाम रूप जोडिएको छ। यसरी देवाधिदेवको स्मरणमा आश्विन १ गते हामी हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो। आधुनिक युगका निर्माता भगवान श्री विश्वकर्माको ज्ञान सूर्यको प्रकाश सबैमा पुगोस्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग