समृद्धिका लागि मानसिक रुपमा स्वस्थ युवा

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७१

सन् १९९९ देखि संयुक्त राष्ट्र संघको आयोजनामा मनाउन सुरु गरिएको अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष अर्थात् २०१४ अगस्ट १२ का दिन पनि मनाइँदैछ। युवा र मानसिक स्वास्थ्यलाई आधार वनाई यस वर्षको युवादिवसलाई :भलतब ज्िभबतिज :बततभचक अर्थात समृद्धिका लागि मानसिक रुपमा स्वास्थ्य युवा राख्ने मूल नाराका साथमा विभिन्न कार्यक्रम गरि आज मनाइँदै छ। संयुक्त राष्ट्र संघले युवाहरूको विकास निर्माणमा भूमिका, परिवर्तनका लागि युवा परिचालन तथा युवावर्गहरूले भोग्दै आएका समस्याहरू तथा युवावर्गहरूको समान सहभागिता आदि जस्ता विषयहरूलाई स्पष्टसँग सबै जनताहरू तथा सबै ठाउँमा पुर्‍याउनको लागि युवादिवस मनाउँदै आएको छ।

युवादिवस २०१४

विश्वको जनसंख्या मध्ये करिव १.२ अरव जनसंख्या १५ देखि २५ उमेर समूहका युवाहरूको रहेको छ, त्यसको ६२५ एसिया जसमध्ये २०५ जनसंख्या क्ब्ब्च्ऋ क्षेत्र भित्र पर्दछ। हाम्रो देशमा पनि करिव ३८.८५५  जनसंख्या १६-४० वर्ष भित्रका युवावर्गहरूको रहेको छ। नेपाल सरकारको युवा नीतिअनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवावर्गमा समेटिएको छ। संयुक्त राष्ट संघको एक प्रतिवेदनअनुसार विश्वभर युवाहरूमा देखिएको मुख्य समस्या बसाई सराई छ, अन्तर्राष्ट्रिय वसाईसराई करिव २३२ लाख रहेको छ जसमध्ये करिव ३० ५२९ वर्ष भन्दा कम उमेरका व्यक्तिहरू रहेका छन्। यसरी हेर्दा युवा शक्तिहरूको अन्तराष्ट्रिय वसाईसराई निकै बढ्दै जाने पाइन्छ। विभिन्न किसिमका अवसरहरू, रोजगारी, शिक्षा, आदि जस्ता कुराहरूले गर्दा वसाईसराई बढेको देखिन्छ। हाम्रो देश नेपालमा पनि ठूलो संख्यामा युवावर्गहरू कुनै न कुनै कारणवश नेपाल छाडेर बाहिर गएको देखिन्छ। यसले गर्दा देश ज्ञान, सीप, दिनानुदिन अन्तर्राष्ट्रियकरण भइरहेको छ। देशलाई संवृद्ध विकासतिर अगाडि बढाउनको लागि नेपाल सरकारले स्पष्ट रुपमा रोक्न पर्दछ। र आफ्नै देशमा रोजगारी शिक्षा तथा अन्य अवसरहरूको सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व रहन्छ।

यस वर्षको अन्तर्राष्ट्रिय  युवादिवसले विशेष गरी मानसिक स्वस्थ्य युवा भएमा समृद्ध देश बनाउनको लागि युवाले पुर्‍याउने भूमिका अझै राम्रो हुन सक्दछ भन्ने कुरालाई जोड दिइएको छ। विश्व स्वास्थ्य संगठन ९धयचमि जभबतिज यचनबलष्शबतष्यल० को स्वास्थ्यको परिभाषाअनुसार मानिस स्वास्थ्य हुनको र सामाजिक, शारीरिक तथा मानसिक रुपमा नै स्वास्थ्य भई कुनैरोगहरू नभएको हुनुपर्दछ। यस अर्थमा मानसिक स्वास्थ्यविना एउटा स्वस्थ्य मानिसको परिकल्पना हुँदैन। यसै कारण मानसिक रुपमा युवाहरू स्वस्थ्य भएमा देशको विकास गर्न एउटा समृद्ध राष्ट्र निर्माण गर्नमा ठूलो टेवा पुग्दछ। विश्वभर करिव २०५ युवाहरू मानसिक अवस्थाको परिस्थिति सामना गरिरहेको  संयुक्त राष्ट्र संघको एक तथ्याड्ढले देखाउँछ। यसरी मानसिक अस्वस्थता बढ्दै जानेको झन् मानसिकरोग तथा यसबाट समाजमा पर्ने असरहरू पनि बढ्दै जाने देखिन्छ। नेपालमा हेर्ने हो भने करिव २०० जनसंख्यामा मानसिक अस्वस्थता भएको भन्ने अनुमान गरिएको छ। सन् २०७० ीभ्ब्म् भन्ने सस्थाको सर्वेक्षण अनुसार प्राथमिक स्वास्थ्य उपचार लिन आउने इएम् विरामी छ करिव २०-२५५विरामीहरूमा मानसिक अस्वस्थता तथा मानसिकरोगसम्बन्धी लक्षणहरू पाइएको छ। नेपाल सरकारले सन् १९९६ मा मानसिक स्वास्थ्य सेवाको सबै जनसमुदायमा पहु“च र उपलव्धता कायम गर्ने, मानसिक स्वस्थ्यताको बारेमा जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य नीति ल्याएको छ। विविध कारणवश यो नीतिलाई समुदाय स्तरसम्म अझसम्म पनि कार्यान्वयन गर्न नसकिएको हुनाले पूर्ण रुपमा मानसिक स्वास्थ्य सेवाको पहुंच सबै ठाउँमा पुगिसकेको छैन। यद्यपि नेपाल सरकारबाट मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने मानसिकरोग रोकथाम गर्ने तथा बेलैमा उपचार गर्ने कार्यक्रमहरूलाई अगाडि नबढाएको भने होइन। नेपाल सरकारको द्यबकष्अ भ्ककभलतष्ब जिभबतिज कभचखष्अभ अति आवश्यक आधारभूत स्वास्थ्य सेवाभित्र मानसिक स्वास्थ्य सेवा सबै ठाउँमा नसमेटिई सकेको हुनाले मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू कमभएको पाइन्छ। हाल नेपाल सरकारले समुदायमा आधारित मानसिकरोगसम्बन्धी कार्यक्रम सम्पूर्ण जिल्ला तथा स्वास्थ्य केन्द्रहरूमा विस्तार गर्ने योजना बनाएको छ। समुदायस्तरबाट नै मानसिकरोग रोकथाम उपचार पुनस्र्थापना तथा मानसिक स्वास्थ्यको प्रवर्द्धन गरियो भने नेपालमा मानसिकरोगसम्बन्धी समस्यालाई हटाउन सकिन्छ।

नेपाल सरकारले स्वास्थ क्षेत्रमा छुट्टाउने करिव एक प्रतिशत बजेटमात्र मानसिकरोग सम्बन्धी कार्यक्रमहरूमा छुट्टाएको पाइन्छ मानसिकरोग सम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन त्यसलाई अझ बढाउदै लैजानु पर्ने देखिन्छ। मानसिकरोगसम्बन्धी कार्यक्रम गर्ने विभिन्न संघसंस्थाहरू अन्य कार्यक्रमको तुलनामा केही कम नै रहेका छन्। अन्तर्रष्ट्रिय स्तरका संघसंस्था तथा दातृ निकायहरूलाई मानसिकरोगसम्बन्धी कार्यक्रमहरू ल्याउनको लागि प्रस्तावना प्रोत्साहन तथा वातावरण निर्माण गर्नुपर्ने देखिन्छ।

यसरी मानसिक स्वास्थ र युवालाई हेर्दा विभिन्न किसिमका मानसिक समस्याहरूले गर्दा  युवावर्गहरू कुनै न कुनै किसिमको लाञ्छना तथा भेदभाव भोगी रहेका छन्। युवावर्गलाई उत्पादनशील तथा विकासप्रति जागरुक बनाउनमा उकथअजयकयअष्ब पिरामर्श तथा सहयोगको खाँचो पर्दछ। युवाहरूले भोगेका विभिन्न समस्याहरूको कारणबाट कुनै न कुनै किसिमको मानसिक अस्वस्थताको जन्म भएको छ। यसलाई रोक्नको लागि हामी सबै  जनाले आफ्नो ठाउँबाट प्रभावकारी भूमीका निर्वाह गरियो भने युवावर्गमा देखिने मानसिक अस्वस्थताका समस्याहरूलाई हटाउन सकिन्छ। देशको उन्नति प्रगति तथा युवावर्गको परिवर्तनशील ज्ञान, सीप र क्षमतालाई प्रयोगमा ल्याएर राष्ट्र निर्माणमा टेवा पुर्‍याउन सकिन्छ।

सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिवर्तनका लागि युवाको भूमिका ठूलो रहेको हुन्छ। समाजलाई परिवर्तन गरी विकासका बाटोतिर उन्मुख गराउने मुख्य जिम्मेवारी युवाहरूको नै हो। युवाहरूमा भएको शक्ति क्षमता कर्मठता ज्ञान सीपलाई उचित रुपमा परिचालन गरी अगाडी बढ्ने वातावरण सिर्जना गरियो भने देशको विकास हुनुमा ठूलो मद्दत पुग्दछ। नेपालको अन्तरिम संविधानको भावना र मर्मअनुसार देशको विकास गर्नको लागि युवाहरू परिचालन गर्ने , युवाहरूका आवश्यकता पूरा गरी उचित किसिमको शिक्षा रोजगार तथा व्यक्तिगत विकासको वातावरण सिर्जना गर्नको लागि युवा नीति बनाइएको छ। यस नीतिलाई आधार बनाई युवाहरूलाई सही तरिकाले परिचालन गरियो भने हाम्रो देश नेपालले पनि छिट्टै प्रगति र उन्नतिको बाटोमा अगाडि बढ्न सक्दछ। नेपाल सरकारले विशेष गरी स्वदेशमा नै युवा शक्तिहरूलाई परिचालन गर्ने तथा युवावर्गको ज्ञान, सीप, क्षमतालाई अन्तर्राष्ट्रियकरण हुनबाट जोगाउने हो भने नेपाल पनि एउटा समृद्ध राष्ट्र बन्नेछ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग