संविधान र मधेसी आन्दोलन

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७२

२०७२ साल नेपालको लागि संकट सावित भयो। दुर्इ दुर्इ पटकसम्म विनासकारी महाभूकम्प गयो र देशको आर्थिक क्षेत्र, धनजन तथा विभिन्न भौतिक संरचनाको क्षति हुन पुग्यो। सो संकटको निवारण हुन नपाउँदै नौ-दश वर्षसम्म जारी हुन नसकेको संविधान निर्माणको क्रममा घोषणा हुने पाँच सात दिन अगावै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा तीन दलका शीर्षस्थ नेताहरूलाई नयाँ दिल्लीमा बोलाए। प्रचण्ड तथा सुशील गए तापनि केपी, बाबुराम गएनन्, उनले इन्कार गरे र आफ्नो स्वाभिमानलाई स्पष्ट रूपमा देखाइ दिई छाडे। यसरी गुरु -मोदी) ले के मन्त्रदान गरे र उहाँहरूले के भन्नुभयो वा सुन्नुभयो, सो विषयमा विस्तारै थाहा होला। तैपनि अन्तराल, प्रयास र विभिन्न भेदको सामना गरी नेपाली जनताको चाहना मुताविक विश्वमा नै हालसम्मको उत्कृष्ट संविधान जनताबाट निर्वाचित भइ संसदमा उपस्थित भएका सांसदहरूद्वारा झण्डै दुर्इ तिहाइभन्दा बढी ९० प्रतिशत मतद्वारा २०७२ असोज ३ गते लगभग सर्वसम्मतबाट पारित भइ घोषणा समेत गरियो।

भारतबाहेक छिमेकी देश चीन तथा अन्य मित्र राष्ट्रहरूबाट बधाईको ओइरो लाग्यो र सबै देशले सम्मान र स्वागत गरे। अब भारतलाई यस अर्थमा पनि दुःख र इष्र्या लाग्यो होला आफ्नो देशको संविधान लगभग ५५ प्रतिशतको झिनो मतले पारित भएको, आफूले चाहे अनुसारको नहुँदा मोदीका विशेष सचिव संविधान जारी भएको भोलिपल्टदेखि लगातार नेपाल धाउन थाले। ‘डाक्नु न बोलाउनु लिँडो पुच्छर हल्लाउनु भनेझैं गरी कहिले भारतीय राजदूत त कहिले उनका विशेष सचिव एकै दिनमा पाँच, सात पटक दिल्ली, काठमाडौ ओहोर दोहोर गरी भौतारिन थाले। यसको खास तार्त्पर्य के हो ? के हाम्रो स्वाभिमानमाथि खेलवाड गर्न खोजिएको हो ? वा कतै नेपाल भूम्रि्रति नै हस्तक्षेप गर्ने कुचेष्टा गरिएको त होइन ? देशको विभिन्न ठाउँमा सीमा मिचिएको र लिपुलेकमाथि बिना अनुमति वा सरसल्लाह नभई ठाडो हस्तक्षेप गरिएको याद आइरहन्छ क्या हो ? यस्तो कुचेष्टा गर्नु दिवा सपना मात्रै हो।

संविधान चाहिएको हामी तीन करोड नेपालीको लागि हो नकि भारतको लागि। हामी हाम्रो इच्छा, आवश्यकता र अनुकूल मुताविकको संविधान जारी गर्न सक्षम छौं। यदि मोदीलाईइष्र्या पैदा भएको भए यही संविधान लगेर त्यहाँको संसदबाट पारित गराई लागू गरे भइहाल्यो नि। होइन भने अर्काको घरायसी मामलामा हस्तक्षेप गर्नु घर भड्याउन खोज्नु कहाँको राजनीति हो ? के हामीले उनीहरूको आन्तरिक मामलामा हस्तक्षेप गरेका छौं। कुनै किसिमको अनावश्यक दुःख झन्झट दिएका छौं। यसरी सकुनीको रूप धारण गरी विभिन्न किसिमका टिका टिप्पणी गर्नु र लुते कुकुरझैं आवतजावत गरी अर्काको स्वामित्वमाथि खेलवाड गरी दख्खल पुर्‍याउन यो हामीलाई सहृय हुने छैन। हामी नेपाली आफैमा स्वाभिमानी छौं। कोही कसैको उपनिवेशमा बसी दासत्व पनि स्वीकार गर्दैनौं, कसैलाई दासत्व बनाउन पनि चाहँदैनौं। बरु आवश्यक परेको अवस्थामा उपनिवेशबाट दासत्व स्वीकार गरिरहेकालाई मुक्त गर्न सहयोग गरेको कुरा इतिहासमा नै र्छल· छ।

प्रसंग मोदीकै कुराबाट गरौं। उनले झण्डै झण्डै एक वर्ष अघि स्वयं हाम्रो संविधानसभामा उपस्थित भइ व्यक्त गरेको बाचा, कवुल थिए ‘मित्रो तुमारा सगरमाथा हमारा गंगा रहेतक हमारा सम्बन्ध अटुट रह जायेगा, कभी नटुटेगा’। यस्ता उदारवादी नेताले व्यक्त गरेका वाणीहरूको नतिजा देखाएरै छाडे। दुर्इ ज्रि्रे ‘ताक परे तिवारी नत्र गोतामे’ भने झैं आफ्नो स्वार्थ अनुकूल भए ठीक, नत्र बेठीक। के यो बोली उनको मुखबाट आएको हो कि अन्यत्र कतैबाट। मुखले बोलेको भए व्यवहारमा लागू गर्नु पर्‍यो। अन्यथा जुन स्थानमा त्यो बोली बोलिएको थियो त्यहाँ उपस्थित भइ क्षमा मागी वचन फिर्ता लिने हिम्मत हुनुपर्‍यो। जोगी बस्त्र धारण गरेर निधारमा खरानी धसेर मन्दिर धाएर देवी देवताको पूजाअर्चना गरेर केही हुनेवाला छैन। मुखमा राम राम बगलीमा छुरा, यस्ता नपुंसक दुर्इ ज्रि्रेको के कुरा गर्नु। धर्म भनेको त्यो हो सकिन्छ भने आफू भन्दा सानालाई माया, ममता दिनु, ठूलालाई आदर गर्नु, दीनदुःखी, असहाय, अपा·लाई सहयोग गर्नु, अरुहरूको भलो चिताउनु, कोही कसैलाई व्यक्तिगत स्वार्थपूर्तिको लागि निच, घृणित कार्य गरी दुःख नदिनु यही नै धर्म र परोपकार हो।

नत व्रिटिश साम्राज्यवादको उपनिवेश, दासत्व र नोकरशाही शासनबाट मुक्त भएकोले होला अझै पनि तत्कालीन समयको याद, संस्कार र झझल्को हृदयमा गडिरहेको भएर होला हामी पनि अरु कसैलाई दास बनाउन सक्छौं भन्ने सोंच विचारले सिधासाधा नेपालीप्रति हेपाहा प्रवृत्ति देखाई तराई, मधेसीहरूको काँधमा बन्दुक तेसार्इ आफ्नो देशका जनताले आफ्नो देशप्रति नाकाबन्दी गरेको कस्तो नाटक हो यो। हाम्रा चेलीबेटी भारततर्फ भएको र भारतका चेलीबेटी नेपालतर्फ हुँदा हाम्रो सर्म्पर्क भएको कुरा मधेसी मोर्चाले स्वीकार गरेको छ। ठीक छ चेलीबेटी भारततर्फ भए इज्जत र सम्मानपूर्वक घरमा नै गएर खाना खानुपर्नेमा मगन्तेको झैं रोडमा टपरी तथा थाल थापी भात मागेर किन खाइन्छ त – सबै यो मिलोमतोको संकेत हो। काँकडभिट्टा नाकामा धर्ना, जुलुस, बन्द, हडताल केही पनि छैन, शान्ति छ अनि किन त्यो नाकाबाट कुनै सामान नेपाल भित्रिन्नन् त ? आफ्नो सामान भित्र्याउन नाकाबन्द नहुने, जस्तै आलु, प्याज, गोलभेंडा, केरा, तरकारी तथा अन्य छिट्टै सड्ने, गल्ने सामान यथेष्ट मात्रामा सुचारु रूपले आइरहने, नाकाबन्दी नहुने, तर हामीलाई दैनिक प्रयोगमा नभई नहुने अत्यावश्यक ग्याँस, डिजेल, पेट्रोल, औषधि तथा मट्टीतेल लगायतका सामान भित्रिने अवस्थामा नाकाबन्दी हुने। यहाँ औषधिको अभावमा मानिस छटपटिरहेका छन्, इन्धनबिना सवारी साधन ठप्प छन्, अनि कतिपय खानाको अभावमा रहेका छन्, यसको वास्तविक र चित्तबुझ्दो जवाफ मोदी बाबु र मधेसी मोर्चाबाट चाहियो। के मानवीय व्यवहार यही हो त ? मानवको रूप धारण गरेर दानवीय र पशुजन्य व्यवहार गर्नु कति उचित हो। यस्ता अमानवीय व्यवहार धेरै भइसकेका छन्।

हाम्रा परराष्ट्र मन्त्री कमल थापा दिल्ली गई त्यहाँको परराष्ट्रमन्त्री तथा मोदीलाई भेट गरी समस्याको समाधान गर्ने क्रममा विरगन्जको भन्सार नाकाबाहेक बाँकी सबै नाका सुचारु रूपले पूर्ववत् जस्तै गरी सञ्चालन गरिदिने र त्यहाँ रहेका मालबाहक गाडीलाई अन्य नाकाबाट लैजान दिने आश्वासन पाइ फर्केपछि भोलिपल्टै भारतीय राजदूतले काठमाडौंमा पत्रकार सम्मेलन गरी कुनै पनि नाका नखोल्ने भनी प्रतिबद्धता जाहेर गरे। यो कस्तो अनौठो आश्चार्यको कुरा हो, किन यिनीहरू पटक पटक बोली फेरि रहन्छन् – सुरक्षाको दृष्टिकोणले त्यहाँ तैनाथ हाम्रा सुरक्षाकर्मी कति कमजोर र निस्क्रिय रहेछन् भन्ने कुरा पनि उनीहरूले नाकामा देखाएको सम्वेदनशील व्यवहारबाट र्छल· हुन्छ। जब हाम्रो आवश्यकता विपरीतका सामान भित्र्याउने प्रयास गरिन्छ कि त इन्धन लगायतका अरु सामान पनि भित्र्याउँ, अन्यथा यी मालवाहक गाडी जान दिन्नौं भनी भारत तिरै फर्काइदिनुपर्दछ। आफ्नो दायित्व र कर्तव्य बोकेका सुरक्षाकर्मीको यो कमजोरी हो र सोको फाइदा भारतले लुटिरहेको छ। आफ्नो पदीय मर्यादा र इज्जतमा रहेर बाचा, कबुल गरेका तथा बोलेका कुरा शान्तिपूर्ण तवरले पूर्ववत रूपमा यथावत पठाइ एक छिमेकी असल मित्रको व्यवहार गर्न हामी सम्पूर्ण शान्तिप्रेमी नेपाली अनुरोध गर्दछौं। अघोषित नाकाबन्दीको निहुँ पारी दुःख दिने वा हैकम जमाउन खोजे वा प्रयास गरेमा त्यही अनुसारको कदम चाल्ने छौं सो गर्न बाध्य नपारियोस्।

हाम्रो देश नेपाल त हाम्रो पुखाहरूले आजेको मुलुक हो, न त कसैको उपनिवेश हो, न त हुने नै छ। व्रिटिश सरकारले भारतलाई उपनिवेश बनाएको समयमा नेपालप्रति समेत आँखा लगाई नालापानीमा वीर बलभद्र कुँवरको नेतृत्वमा लर्डाई हुँदा माथितिरबाट पानीको महानै सुकाई ढु·ा मुढा प्रहार गरी आकुलब्याकुलको अवस्थामा पुगी लर्डाईबाट हार खाई भागेका थिए। त्यही सर्न्दर्भमा व्रिटिश लेफ्टीनेन्ट कणेलले भनेका थिए ‘म विश्वका कुनै पनि सेनासँग लड्न डराउँदिनँ तर गोर्खाली सेनाको नाम र बहादुरीपन देख्दा र सुन्नासाथ मेरो मुटु थर्कन्छ।’ हो हामीहरू त्यस्ता बहादुर वीर, स्वाभिमानी आमाका सन्तान हौं। ‘कुरा गरे बढ्छ आगो लागे डढ्छ’ भनेझैं उहाँले भर्खरै मात्र प्रधानमन्त्रीको चुनावमा आफ्नो अनुकूलको प्रधानमन्त्री बनाउने क्रममा निन्दनीय घोर आपत्तिजनक चलखेल गरी ९३ अर्ब भारतीय रुपैयाँ पर्ठाई सांसद खरिद बिक्री गर्नेतर्फ समेत नाटकीय खेल खेल्यो, प्रतिसांसद रु.करोडमा, तर असफल मात्र हुन पुग्यो। अब स्वयं मोदीले छातीमा हात राखेर भन्न पर्‍यो, अब सांसदको कति मूल्य हो, अनि, त्यस्तै हामीसँग लुटि लगेको भूमिको बाहेक भारतको समेत कति मूल्य हो, आवश्यकता परेको अवस्थामा हामी किन्छौं, किन्न असमर्थ भएमा अन्यत्र कतै बिक्री गरिदिन्छौं। त्यस्तो उच्च स्तरको नेता हुँ भनि दाबी गर्ने घमण्ड देखाउने व्यक्तिले यस्ता फोकटिया व्यवहार गर्न मिल्छ –

मोदी बाबु त एक हिटलर, साम्राज्यवाद जस्तो महान पुरुष रहेछन्। तामिल व्रि्रोहीलाई संरक्षण गरेर पाकिस्तानमाथि हैकम जमाउन खोज्नु, पाकिस्तान न्यायको लागि संयुक्त राष्ट्र सङ्घमा पुग्नु, भुटानी शरणार्थीलाई आफ्नो भूभाग भएर आफ्नो देशमा जान नदिनु, नेपाल लगायत विभिन्न देशमा शरणार्थीको रूपमा बस्न बाध्य बनाउनु, आफ्नै देशभित्र दार्जलिङ तथा काश्मीर लगायतका कतिपय भूभागमा अशान्तिको बादल मडारिएको देखिन्छ। डकैती, चोरी, तस्करहरू, वेश्यावृत्ति, केटी बेचविखन तथा ठूला ठूला जघन्य अपराध गर्ने अपराधी तथा त्यस्ता गिरोहलाई समेत संरक्षण र पालनपोषण त्यहाँबाट नै भइरहेको छ। आफ्नै देशको तथा छिमेकी देशको पिरमर्का र दुःख बुझ्न नसक्ने भूपरिवेष्ठित् मुलुक समुन्द्रको नाकासम्म व्यापारको लागि आवतजावत गर्न पाउने गरी सम्झौता गरिएको विषयमा त उल्लंघन गरी हिँड्ने, आफै धोती सम्हाल्न नसक्ने नेताले अरुको धोती सम्हाल्छु भनि हिँड्नु दिवास्वप्न देख्नु मात्र हो। सुरक्षा परिषद्को सदस्य प्राप्त गर्न दौडधुप गर्ने व्यक्तिको पनि राजनीतिक चरित्र, व्यक्तिगत चरित्र तथा न्य विविध नीति, नियमभित्र रहेको, नरहेको वा अन्य विविध कुराको कसी त पक्कै लगाइन्छ होला, त्यसमा पनि संयुक्त राष्ट्र सङ्घभित्रका सदस्य देशहरूले मतदान गर्लान्, त्यसमा पनि उनको घमण्डीपन र व्यवहार सबैलाई थाहा छ। हेरौं त्यो भविष्यले बताउला।

पशुलाई मीठा मीठा मिष्ठान्न भोजन दिनुस्, जति गरे पनि उसले घाँस नै खान खोज्छ। त्यस्तै कुकुर जतिसुकै उच्च पदमा कार्यरत होस् वा नहोस् मासु, माछा, हड्डी तथा अन्य परिकारका चिज खाओस्, उसले आफूले दैनिक रूपमा खाँदै गरेको उसको आफ्नै खाना प्राप्तिको लागि भौतारिँदै हिँड्छ। यो उसको स्वभाव नै हो। मोदी बाबुलाई अन्त्यमा त्रि्रो देशमा सुरक्षाको लागि खटिएका हाम्रा वीर नेपाली आमाका सन्तती ६०/६५ हजार जति कार्यरत छन्, यसरी नै यस्तै छुद्र, दानवीय र नीच प्रवृत्तिको व्यवहार गर्दै गयौं र बानी व्यवहारमा सुधार गर्न सकेनौं भने जे पनि हुन सक्छ, ख्याल गर। कोशी, कर्णालीमा बाँधेको बाँधलाई भत्काई, भत्कन नसकेको अवस्थामा बम पड्काई ध्वस्त पारेर त्रि्रो सिंगो भारतलाई नै डुबानमा पारिदिन्छौं। तिमीले हामीलाई डुबानमा पार्न मिल्छ भने हामीले किन नमिल्ने – अन्यथा हेरौंला नेपालीका तागत शरीरमा एक थोपा रगत र छातीमा तातो भएसम्म लड्न पछि नपर्ने वीरहरूको परिचय।

अकोर्तिर मधेसी मोर्चा तथा थारुहटको आन्दोलनलाई सरसर्ती हेर्दा आफ्नो अधिकार प्राप्तिको लागि अरुले प्राप्त गरिरहेको अधिकारलाई समेत ख्याल गरी सोको हनन नहुने गरी शान्तिपूर्ण आन्दोलन गर्न सकिन्छ। तर डर, धाक, धम्की, त्रास, ध्वाँस तथा घमण्डीपन देखाएर हातमा खुकुरी, भाला, बन्दुक, तरबार, हसिया र अन्य घरेलु हातहतियारसहित सुसज्जित भएर कानुनलाई हातमा लिएर शक्तिको प्रयोग गरेर अधिकार पाइदैंन, अधिकार प्राप्तिको लागि विना हातहतियार, शान्तिपूर्ण जुलुस प्रदर्शन गर्न सकिन्छ। यसरी साँच्चै अधिकारबाट बञ्चित भएको अवस्थामा सरकारबाट देशमा प्रचलित कानुन नियमको अधिनमा रही माग जायज ठहर्‍याएमा पूरा गर्दछ। कैलालीको धनगढीमा एकैदिनमा पुलिस अफिसरलगायत दुर्इ अठाइ वर्षको दूधे बच्चासहित ८/१० जनाको निहत्था ज्यान गयो। एक छिनको लागि मानौला, अरुले त बन्द, दमन गर्ने कार्यमा सहयोग पुर्‍याएका थिए, तर त्यो दूधे बच्चा जसलाई केही थाहा छैन, अज्ञात छ, पाएको अवस्थामा जे पनि खान्छ, त्यसलाई किन गोली ठोकेर मारियो। त्यो अभियुक्तलाई कानुनको दायरामा ल्याउनुपर्दछ। यही क्रममा आजसम्म देशभरमा लगभग ५० जना नेपालीको ज्यान अकालमा गयो। अनि सुरक्षा निकायमा कार्यरत ति सेना, सशस्त्र तथा पुलिस त हिंसा भड्कन नदिन शान्ति, सुरक्षाको लागि खटिएका हुन्। उल्टै उनीहरूलाई जलाउन पाइन्छ ? त्यही ढु·ा, मुढा तथा हातहतियार र पेट्रोल छर्केर मार्न तम्सिने र मार्ने कस्तो कहाँको आन्दोलन हो यो ?

आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गरेको भए यो स्थिति पैदा हुने नै थिएन। मधेसी मोर्चा र थारुहटको आन्दोलनमा आर्थिक सहयोगस्वरूप तीन करोड उपलब्ध गराउने भारत सरकार समेतको मिलेमतोमा भएको यो आन्दोलनबाट देशमा भएको धनजन र भौतिक संरचना तथा सवारी साधनमा भएको क्षतिको सम्पूर्ण जिम्मा यिनीहरूले नै लिनुपर्दछ र जिम्मेवार भइसकेपछि सम्पूर्ण घटनाको क्षतिपूर्ति वापतको रकम यिनीहरूबाटै असुलउपर गर्नु गराउनु पर्दछ। ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ गर्न कदापि मिल्दैन। सीधासाधा मधेसी तथा थारुहरूलाई उचालेर संविधान नै नपढीकन लिडे ढिपी गरी अर्काको इशारामा नाचेर ना·ो नाच देखाउनु, देशप्रति राज्य आतंक मच्चाउन खोज्नु कहाँसम्मको घृणित कुरा हो। चीन तर्फको नाका खोलौं भन्दा भारत रिसाउँछ भन्न लाज समेत नमान्ने यी कस्ता अर्थमन्त्री, अनि सहमतीय प्रधानमन्त्रीको चयन गरौं भनी प्रस्ताव राख्दा भारतसँग सरसल्लाह गर्नुपर्छ भनी अभिव्यक्ति दिने कस्ता बरिष्ठ नेता शेर बहादुर देउवा, राजनीति गर्ने तर पदको लागि लुछाचुँडी तँछाडमछाड गर्ने, भ्रष्टाचार गरी देशलाई कंगाल बनाउने पटक-पटक खाई खान पल्केका यी भ्रष्ट ब्वाँसाको एक नेपालीमा हुनुपर्ने स्वाभिमान यही हो त – आर्थिक प्रलोभनमा फँसी आफ्नो स्वाभिमानसत्तामा समेत खेलवाड गरी चाकडी, चाप्लुसी गर्न भारततर्फ जाने र उसकै इशारामा चल्ने नेपाली नागरिकता भने कानुन अनुसार त्यागी उतै प्रस्थान गर्दा देशलाई अलि हलुका महसुस हुन्छ कि। जबसम्म देशमा पद, सत्ता, कुर्ची र आर्थिक लोभमा फस्ने शैलीको अन्त्य हुँदैन र दलीय स्वार्थभन्दा माथि उठी सहमतिका रूपमा सहकार्य गरिन्न तबसम्म छिमेकीले पनि हेप्ने प्रवृत्तिको अन्त्य हुँदैन र देश विकासको सट्टा अधोगतिमा जान्छ, यो ध्रुवसत्य कुरा हो।

फाष्टट्रयाकको टेण्डरबाट करोडौं करोडौं रुपैयाँको घोटाला गरेर भारतको पक्षमा सम्झौता गरी टेण्डर पोल्टामा हाली दिने विचार गरेकाहरूको सपना सवोर्च्चले कार्यान्वयन नगर्नू भन्ने आदेश दिएपछि ‘उडायो सपना सबै हुरीले’ भने जस्तै भयो। भूकम्प पीडितको लागि प्राप्त रकममा त भ्रष्टाचार गर्न पल्केका यी ब्वाँसाहरूको के कुरा गरिरहनु। स्वयं तराईका एक नेताले दिएको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै देशलाई विखण्डन गरी मधेस, तराई छुट्टै राज्य कायम गर्ने किसिमको भनाइलाई पश्चिमी देशतिर भए राज्य आतंकको मुद्दा जाहेर भई कारबाही हुन्थ्यो होला। खै यहाँ त यस्तै छ। मधेसी मोर्चाले हामीले गरेको बाचा, कबुल तथा सोह्रबुँदे, बाह्रबुँदे, आठबुँदे कुन बुँदे हो सो सहमति अनुसार हाम्रा माग पूरा हुनुपर्दछ भनी दबाब आइरहेको छ। यी तीन विषयमा राजनीति, रण्डी र रक्सी था जुवातासमा क्षणिक समयको लागि मात्रै सहमति हुन्छ, दीर्घकालीन समयको लागि हुँदैन। त्यसमा उधारो पनि हुँदैन भन्ने कुरा त थाहा छ होला। अन्तर्राष्ट्रिय स्तरमा गरिएको सम्झौताको त उल्लंघन हुँदो रहेछ, यो त घरायसी कपाली तमसुक जस्तै हो। क्षणिक समयको लागि त्यतिखेर पैदा भएको राजनीतिक अस्थिरताको समधान गर्न गरिएको सो सम्झौता त्यसको हल भैसकेपछि ती पनि सँगसँगै ओझेलमा परे, अर्थात सो सम्झौता त्यतिखेरै खारेज भइसक्यो।

देशका विभिन्न जिल्लाको भूभागमा इन्धनको स्रोत -खानी) भएको पुष्टि नै भइसकेको छ। अब यही स्रोत परिचालन गरी आत्मनिर्भर बन्ने तर्फ लागौं। अरुको विश्वासमा परी सधैँ मागिरहने कुरा पनि यस्तै हो र राम्रो होइन। उनीहरूको मन परि जाल र नियन्त्रणमा रहिन्जेल पाइन्छ, अनि उस्तै हो, हामी छिमेकी देश तथा अरु मित्रराष्ट्रसँग धेरै नजिक पनि होइन टाढा पनि होइन, तटस्थ भएर बस्नुपर्दछ। हेलो, हाइ, बाइबाई यहाँभन्दा बढी भएमा के कस्तो फल पाइन्छ भन्ने कुरा त भारतले पाठ सिकाइहाल्यो। विश्वका ११६ राष्ट्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्तावलाई पारित गरी समर्थन गरेकोमा भारतले नै बाधा पुर्‍याई पारित नगर्दा अघि बढ्न सकेन। अब दुर्गन्ध, फोहोर, मैला हो गन्हाउँछ भनी जानी बुझी सकेपछि पुनः कोट्याईरहनु आवश्यक छैन। देशमा संकट परेको अवस्थामा सहयोग गर्नुको सट्टा रमाइलो हेरेर उल्टै थप सहयोग गरी सम्पूर्ण नाका बन्द गरी अस्तव्यस्त बनाई जात्रा हेरिरहेको छ। एकातिर भूकम्पबाट क्षतविक्षत भई क्षत्रि्रस्त भएको संरचनाको पुनःनिर्माण, नवनिर्माण तथा जीणोर्द्धारको काम बाँकी नै छ, अब सरकारले पनि ढिला नगरी सो कार्यको थालनीतर्फ अग्रसर भइ पीडितलाई उचित ध्यान पुर्‍याउन आवश्यक देखिन्छ। संसदमा रहेका वा बाहिर बसेका पार्टीले पनि कसैले कसैको खुट्टा नतानी देश निर्माण तथा विकासको कार्यमा राजनीतिमा विभिन्न मत तथा विचार भएता पनि एकजुट भई सहमति र सहकार्य गरी अगाडि बढ्नुभन्दा अको विकल्प नै छैन। देश त सबैको साझा हो। आर्थिक प्रलोभनमा फसी सत्ता, पद, कुर्चीको लागि हानाथाप नगरौं, बरु विकास तथा निर्माण गर्ने जस्ता कार्यमा प्रतिपक्षद्वारा म गर्छु म गर्छुभनी हानाथाप गरौं। तब मात्र देश विकासतर्फ लम्कन्छ। अनि जुनसुकै पार्टीो सरकार होस सत्तामा पुगिसकेपछि त्यसलाई जाल, झेल, षड्यन्त्रको माध्यमबाट पदच्यूत गराउने र आफू पुनः सत्तामा जाने प्रवृत्तिको अन्त्य गरौं। यहाँनेर निकट भविष्यमा हुन सक्ने सम्भावित यस्तै कुराको सम्झना आयो, काङ्ग्रेसको महाधिवेशन समाप्ति पछि यिनीहरूको व्यवहार त यस्तै हो, आफ्ना गायत्रीहरू मोदीसँग भेट भई सम्पसार गरी पाउ परी आशीवाद थापी यो भन्दा विकराल संकटकालीन अवस्थाको सिर्जना गरी अनेक जालझेल, षड्यन्त्रको माध्यमबाट आफू सत्तामा जाने र यो ओली सरकारलाई ढलाउने प्रयास गर्न सक्दछन्। यस मामलामा स्वयं सरकार तथा सरकारमा रहेका पार्टीरूले सजगता अपनाई विचार पुर्‍याई सतर्कता अपनाउनु जरूरी देखिन्छ।

अब, अन्त्यमा रावणले धेरै घमण्ड गर्नाले लंका जल्यो, कौरवले पाण्डपको धेरै अपमान गर्नाले उनीहरूको वंश नै नास भयो। त्यसरी नै बली राजाले धेरै दान गर्नाले उनीहरू बाँधिए अथवा बन्धनमा परे। अतः जो जस्तै जहाँसुकै बढी घमण्ड गर्दछ त्यसको त्यसरी नै नाश हुन्छ। यो सही, सत्य र वास्तविक घटना हो। त्यसो हुँदा सोंच विचार गरी आवेशमा आएर होइन जुनसुकै कार्य गर्दा पनि शान्तिपूर्ण तरिकाले अध्ययन र मनन गरी गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग